By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
लेख / विचार

सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”

समाचार अभियान
समाचार अभियान २०८२, १७ माघ शुक्रबार १९:३४ पाठक संख्या 87
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता

आज सहिद दिवस अर्थात माघ-१६ गते राष्ट्रले आफ्ना महान् सन्तानहरूलाई सम्झने दिन। राणाशासनको जङ्गी दमनविरुद्ध उठेको विद्रोहदेखि ०६२/६३ को ऐतिहासिक जनआन्दोलन, माओवादी कालको सशस्त्र संघर्ष र पछिल्ला जेन्जी/युवा आन्दोलनसम्म आफ्नो जीवन राष्ट्रका नाममा अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति देशले नतमस्तक हुँदै श्रद्धाञ्जली अर्पण गरेको छ।

सहिदहरूको बलिदान कुनै एक कालखण्डको घटना मात्र होइन, यो निरन्तरता हो—अत्याचारविरुद्धको, असमानताविरुद्धको, र जनताको सार्वभौम अधिकारका लागि गरिएको अविचल संघर्षको।

राणाशासन हटाउन प्राणको आहुति दिनेहरूले ‘शासन जनताका लागि’ भन्ने बीउ रोपे; ०६२/६३ को जनआन्दोलनका सहिदहरूले ‘सडकदेखि सदनसम्म’ जनताको आवाज स्थापित गरे; माओवादी कालका सहिदहरूले सामाजिक–आर्थिक असमानतामाथि प्रश्न उठाए; र जेन्जी आन्दोलनका युवाहरूले ‘उत्तरदायी राजनीति’को मागलाई समयको एजेन्डा बनाए तर आजको प्रश्न कठोर छ:- के हामी सहिद दिवसलाई फूलमाला, मौनधारण र औपचारिक वक्तव्यमा सीमित गर्दैछौं? कि सहिदको आहुतिले मागेको परिवर्तनलाई नीतिमा, व्यवहारमा र शासनशैलीमा उतारिरहेका छौं? सहिदहरूको बलिदान किन र केका लागि थियो यो मनन नगरी श्रद्धाञ्जली अधुरो हुन्छ। उनीहरूको सपना थियो: भ्रष्टाचारमुक्त शासन, न्यायपूर्ण समाज, समावेशी लोकतन्त्र, र जनताप्रति उत्तरदायी राजनीति।

नेपाली राजनीति आज निर्णायक मोडमा छ। भाषणमा देशप्रेम र व्यवहारमा स्वार्थ:- यो दोहोरोपनले सहिदको आत्मालाई अपमान गर्छ। सहिदको स्मरण भनेको नकारात्मकता, कुरीति र अन्यायविरुद्ध निरन्तर आवाज बुलन्द गर्नु हो। नीति निर्माणमा जनताको प्राथमिकता राख्नु, सत्ता होइन सेवा केन्द्रित राजनीति गर्नु र असफलतामा जिम्मेवारी लिनु—यिनै अनुसरणले मात्र सहिदप्रति सच्चा सम्मान हुन्छ।

देशले चाहेमा, परिवर्तनको हरेक यात्रामा अग्रपङ्क्तिमा उभिन तयार रहने साहस सहिदहरूले सिकाएका छन्। आज आवश्यक छ—त्यही साहसलाई विवेक, सुशासन र नैतिकतासँग जोड्ने। सहिदको रगतले लेखिएको इतिहासलाई भविष्यको नक्सामा बदल्ने जिम्मेवारी वर्तमान पुस्ता र नेतृत्व दुवैको हो।

यस सहिद दिवसमा प्रतिज्ञा गरौं—माला अर्पणमा मात्र होइन, नीति, आचरण र कर्ममा सहिदको सपना जिउँदो राख्नेछौं। देशप्रेम, देशभक्ति र न्यायका पक्षमा हाम्रो आवाज कहिल्यै मौन हुनेछैन।

“हुदैन बिहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए”

समाचार अभियान January 30, 2026 २०८२, १७ माघ शुक्रबार १९:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन
नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

लेख / विचार

“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”

January 30, 2026
लेख / विचारसमाजहेडलाईन

रौतहट–४ मा अब भ्रम होइन फैसला : तिमिल्सिनाको अधुरो सपना पूरा गर्न गगन नेतृत्वको कांग्रेस मैदानमा”

January 24, 2026
अर्थ समाचारलेख / विचारसमाजहेडलाईन

गायक नरेश रेग्मीको ‘तिम्रै हुँ म’ गीत सार्वजनिक, प्रेंका कार्कीको अभिनयले भिडियोमा थपिएको आकर्षण

November 6, 2025
अन्तर्राष्ट्रियलेख / विचारसमाचारसमाजहेडलाईन

एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष पदका प्रत्यासी रामहरी अधिकारीको प्रतिबद्धता

August 13, 2025

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?