By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : रौतहट–४ मा अब भ्रम होइन फैसला : तिमिल्सिनाको अधुरो सपना पूरा गर्न गगन नेतृत्वको कांग्रेस मैदानमा”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
लेख / विचारसमाजहेडलाईन

रौतहट–४ मा अब भ्रम होइन फैसला : तिमिल्सिनाको अधुरो सपना पूरा गर्न गगन नेतृत्वको कांग्रेस मैदानमा”

समाचार अभियान
समाचार अभियान २०८२, ११ माघ शनिबार २१:५० पाठक संख्या 426
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता

रौतहट क्षेत्र नं–४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन। यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ। मतदाता अब “को आयो?” भन्दा “के गर्‍यो र के पूरा गर्छ?” भन्ने स्पष्ट उत्तर खोजिरहेका छन्। यही निर्णायक घडीमा नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमिल्सिना रौतहट–४ को केन्द्रमा उभिएका छन्:- अनुभव, संघर्ष र कार्यनयनको स्पष्ट रोडम्यापसहित।

देव प्रसाद तिमिल्सिना भीडको ताली खोज्ने नेता होइनन्। आफ्नै पार्टीभित्र गलत प्रवृत्तिविरुद्ध उभिन सक्ने, कारबाही र टिकटको डर नगरी रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर हिँड्ने नेता हुन्। विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित हुनु उनको पहुँचको परिणाम होइन, विचार र साहसको जनमत हो। पार्टीभित्रै बसेर परिवर्तन सम्भव छ भन्ने प्रमाण तिमिल्सिना आफैं हुन्।

प्रतिनिधि सभा सदस्य रहँदा उनले सदनलाई औपचारिक उपस्थितिको थलो बनाएनन्। रौतहट–४ का सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, सीमा क्षेत्रका संरचनागत समस्या र मधेसको पहिचानसम्बन्धी सवाल उनले बारम्बार संसदमा उठाए। बजेटको असमान वितरण, योजनामा हुने राजनीतिक हस्तक्षेप र कागजी विकासमाथि उनले प्रत्यक्ष प्रश्न गरे। धेरै सपना उठाइए, धेरै योजना बोले तर कमजोर कार्यनयन र अस्थिर सरकारका कारण ती अधुरा रहन पुगे। यही अधुरोपन आज उनको सबैभन्दा बलियो राजनीतिक एजेन्डा बनेको छ किनकि यसपटक तिमिल्सिना सपना देखाउन होइन, आफ्नै उठाएका सवाल कार्यनयन गर्न मत माग्दैछन्।

देव प्रसाद तिमिल्सिना दुई–दुई पटक माननीय भए तापनि त्यो समय स्थायित्वको होइन, प्रतिनिधि सभा पटक–पटक विघटन गरिएको राजनीतिक अराजकताको कालखण्ड थियो। नेपाली कांग्रेसका २३ जना सांसद हुँदा पनि मन्त्री बन्न नसक्नु उनको व्यक्तिगत असफलता होइन, सत्ता कब्जा र भागबण्डाको राजनीतिले योग्यतालाई पन्छ्याएको यथार्थ हो तर मन्त्री नबनेको बहानामा उनी चुप बसेनन्, न त जिम्मेवारीबाट पन्छिए।

पद बिना पनि विकास सम्भव छ भन्ने प्रमाण उनले रौतहट–४ मा व्यवहारमै दिए। ठेक्का प्रक्रियामार्फत करिब १०० किलोमिटर सडक निर्माण, खानेपानी ट्याङ्की निर्माण र पाइप विस्तार, प्रत्येक वडामा सहरी स्वास्थ्य चौकी विस्तार, चन्द्रनिगाहपुर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रारम्भिक थालनी;यी सबै उनका निरन्तर पहल र दबाबका प्रतिफल हुन्।
सत्ता हुँदा–नहुँदा पनि विकासलाई रोकिन नदिने उनको राजनीतिक शैली नै आज उनलाई अरूभन्दा अलग बनाउने आधार हो।

यो उम्मेदवारीको अर्को निर्णायक आधार हो;नेपाली कांग्रेसको अहिलेको राजनीतिक दिशा दर्शाउने। कांग्रेस अब प्रश्न गर्ने विपक्षमा सीमित रहन चाहँदैन। युवा र परिपक्व नेतृत्वको संयोजनका रूपमा गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै कांग्रेस चुनावमा होमिएको छ। यसको सन्देश स्पष्ट छ : अब समस्या गन्ने होइन, समाधान लागू गर्ने राजनीति हुनेछ। आलोचना मात्र होइन, परिणाम देखाउने नेतृत्व मैदानमा आएको छ।

देव प्रसाद तिमिल्सिना र गगन थापाको राजनीति एउटै बिन्दुमा जोडिन्छ र त्यो जवाफदेहिता र कार्यनयन। पार्टीभित्रै सुधारको लडाइँ लडेका देव प्रसाद तिमिल्सिना र राष्ट्रिय तहमा शासन सुधारको एजेन्डा अघि सारेका गगन, दुवैको साझा विशेषता भाषणभन्दा परिणाम हो।

मधेसी समुदायको बाहुल्यता भएको रौतहट–४ मा तिमिल्सिनाको लोकप्रियता संयोग होइन। उनी यहाँका लागि आयातित अनुहार होइनन्, यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य भइसकेका अनुभवी नेता हुन्। मधेस–पहाडको कृत्रिम विभाजन बेच्नेहरूका बीच उनले सहअस्तित्व, सम्मान र साझा भविष्यको राजनीति गरेका छन्। त्यसैले उनको प्रभाव जात, समुदाय र पार्टीको सीमाभन्दा माथि पुगेको छ।
आज जनताले नेताबाट सहानुभूति होइन समयसीमा खोजिरहेका छन्। भाषण होइन कामको हिसाब चाहिरहेका छन्। यही मागको जवाफ दिन गगन नेतृत्वको नेपाली कांग्रेस र देव प्रसाद तिमिल्सिनाको उम्मेदवारी एकैसाथ उभिएको छ।
यसपटक रौतहट–४ मा चुनाव व्यक्तिको होइन, प्रवृत्तिको विरुद्धको जनमतसंग्रह हो।
अवसरवादी सम्झौताले थिचिएको विगत रोज्ने कि कार्यनयनसहितको भविष्य?

उत्तर स्पष्ट बन्दैछ….
देव प्रसाद तिमिल्सिनाको जित केवल विपक्षीका नारामाथि काउन्टर होइन—यो रौतहट–४ मा परिणाममुखी राजनीतितर्फको निर्णायक फैसला हुनेछ।

समाचार अभियान January 24, 2026 २०८२, ११ माघ शनिबार २१:५०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?