सर्लाही, जेठ १८ रानी कुमारी गुप्ता ।लोकप्रिय युवा नेता दिपेश यादवको विशेष पहलमा सर्लाहीको धनकौल गाउँपालिका–३ मा नागरिक आरोग्य भवनको शिलान्यास सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकप्रिय युवा नेता दिपेश यादवले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर आफू निरन्तर विकास र जनसेवाको यात्रामा अगाडि बढिरहेको बताए। उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा थप प्रभावकारी योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे। “जनताको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने नारालाई आत्मसात गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ थियो।
वडा अध्यक्ष अशोक यादवले नागरिक आरोग्य भवन स्थानीयवासीको लामो समयदेखिको आवश्यकता रहेको बताउदै यसको निर्माणपछि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए। उनले भवन निर्माण कार्य समयमै सम्पन्न गरी नागरिकको सेवामा समर्पित गरिने विश्वास दिलाए।
स्थानीय बासिन्दाहरूले पनि आरोग्य भवन निर्माणको पहलप्रति खुशी व्यक्त गरेका छन्। स्वास्थ्यसम्बन्धी आधारभूत सुविधा अभाव रहेको क्षेत्रमा यस्तो संरचना निर्माण हुनु सकारात्मक कदम भएको उनीहरूको भनाइ छ। भवन सञ्चालनमा आएपछि स्वास्थ्य सचेतना, नियमित स्वास्थ्य परीक्षण तथा विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले दिपेश यादवको पहललाई प्रशंसनीय कदमको रूपमा चित्रण गर्दै समाजको आवश्यकता पहिचान गरी जनहितका कार्यमा सक्रिय रहन आग्रह गरेका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रको विकासले समग्र समाजको विकासमा योगदान पुग्ने धारणा व्यक्त गरे।
नागरिक आरोग्य भवनको शिलान्याससँगै धनकौल गाउँपालिका–३ मा स्वास्थ्य पूर्वाधार विस्तारको नयाँ अध्याय सुरु भएको स्थानीयवासीले बताएका छन्। यस परियोजनाले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्नुका साथै नागरिकको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको बताउदै कार्यक्रमम आरोग्य भवन निर्माणपछि स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। भवन निर्माणले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष अशोक यादवको गरिमामय उपस्थितिमा
आयोजित कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो













