By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन

समाचार अभियान
समाचार अभियान २०८३, १७ जेष्ठ आईतवार ०७:५४ पाठक संख्या 111
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर , जेठ १७ —रानी कुमारी गुप्ता । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. ३ स्थित श्री निगौल गाई गौशालाको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री महतोले गौशालाको वर्तमान अवस्था, व्यवस्थापन पक्ष, सञ्चालनमा देखिएका चुनौती तथा भावी योजनाबारे जानकारी लिएका थिए। उनले गौशाला व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल गर्दै संस्थाको प्रभावकारी सञ्चालनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन्।

मन्त्री महतोले गौशालाले स्थानीय स्तरमा गाई संरक्षण, कृषि तथा धार्मिक–सांस्कृतिक महत्वको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउदै देखिएका समस्याहरूको समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेश सरकार जनताको आवश्यकतासँग प्रत्यक्ष जोडिएका संस्थाहरूको संरक्षण र सुदृढीकरणमा केन्द्रित रहेको समेत बताए।

कार्यक्रममा गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो को विशेष सहभागिता रहेको थियो। नगरप्रमुख महतोले गौशालाको विकास, पूर्वाधार विस्तार तथा व्यवस्थापन सुधारका लागि स्थानीय तह र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको धारणा राखे। उनले गौशालाको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह समेत गरे।

अनुगमन तथा छलफल कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, गौशाला व्यवस्थापन समितिका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गौशालाको व्यवस्थापनमा देखिएका विभिन्न समस्याहरू, भौतिक पूर्वाधारको अभाव, पशु आहार व्यवस्थापन तथा आर्थिक स्रोतको चुनौतीबारे मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

छलफलपछि मन्त्री महतोले उठाइएका विषयहरूलाई प्रदेश सरकारको ध्यानाकर्षण गराइ आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। उनले स्थानीय तह, प्रदेश सरकार तथा समुदायबीचको सहकार्यबाट मात्र यस्ता धार्मिक तथा सामाजिक महत्वका संस्थाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताए।

मन्त्री महतोको यस अनुगमनलाई स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले गौशालाको संरक्षण, व्यवस्थापन सुधार तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउन प्रदेश सरकारको सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गरेका छन्।

समाचार अभियान May 31, 2026 २०८३, १७ जेष्ठ आईतवार ०७:५४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?