By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय

समाचार अभियान
समाचार अभियान २०८३, १८ जेष्ठ सोमबार ०९:०४ पाठक संख्या 374
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, —रानी कुमारी। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो को नेतृत्वमा सम्पन्न उच्चस्तरीय बैठकले सुरक्षा, सरसफाइ, गुठी जग्गा संरक्षण, फुटपाथ व्यवस्थापन, मदिरा नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्री महतोले बैठकबाट भएका निर्णयहरू प्रदेशका सबै सरोकारवाला निकाय तथा नागरिकले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन्।

बैठकले मधेश भवन परिसरको समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन विस्तृत “सुरक्षा मानक सञ्चालन कार्यविधि तयार गर्ने निर्णय गरेको थियो यसका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा एक समिति गठन गरिएको छ । रमस्यौदा  तयार पारिएको छ । मस्यौदा तयार अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वीकृतिका अनुसार अगाडि बढाएर छ ।

त्यसैगरी मधेश भवनको दैनिक सरसफाइ व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयगत कार्यविभाजनअनुसार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ। सरसफाइको नियमित अनुगमन गर्ने व्यवस्था समेत मिलाइने निर्णय भएको छ।

बैठकले मधेश भवनभित्र रहेको कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनाधिकृत व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै निश्चित समयसीमाभित्र खाली गराउने निर्णय पनि गरेको छ। यस कार्यका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको जिन्सी शाखा प्रमुखको संयोजनमा सुरक्षा निकायसँग आवश्यक समन्वय गरिनेछ।

गुठीका जग्गाहरूको संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बैठकले गुठी जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएको पाइएमा कानुनी कारबाही अगाडि बढाउने तथा दीर्घकालीन व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना तयार पारिएको छ । यसका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई जिम्मेवारी दिइएको छ भने सम्बन्धित निकाय र सुरक्षा निकायबीच समन्वय गरिनेछ।

स्थानीय तहहरूलाई बजार तथा फुटपाथ व्यवस्थापनमा थप सहयोग पुग्ने गरी अनाधिकृत संरचना हटाउने कार्यमा आवश्यक पर्दा सुरक्षा निकायले सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। यसले सार्वजनिक स्थानको व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

जनकपुरधाम परिक्रमा मार्ग तथा परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री, वितरण तथा सेवन निषेध गर्ने पूर्वनिर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोगको अपेक्षा रहेको  मन्त्री महतोले बताउनु भएको छ ।यस अन्तर्गत जनकपुर उपमहानगरपालिकालाई उक्त क्षेत्रमा सञ्चालनमा रहेका मासु तथा मदिरा बिक्री–वितरण गर्ने होटल, पसल, उत्पादन केन्द्र तथा वधशालाहरूको एकीकृत विवरण तयार मान्त्रालयमा  पेश गर्न अनुरोध गरिएको छ। साथै इजाजत प्राप्त मदिरा पसलहरूको विवरण आन्तरिक राजस्व कार्यालयबाट माग गर्ने निर्णय गरिएको छ।

यस्तै सार्वजनिक स्थलमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न डीजे लगायत उच्च ध्वनि उत्पन्न गर्ने उपकरणहरूको प्रयोगलाई नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ। आवश्यक समन्वय सुरक्षा निकायमार्फत गरिने बताइएको छ।

गृहमन्त्री महतोले यी निर्णयहरू प्रदेशको सुरक्षा, सुशासन, धार्मिक मर्यादा, वातावरण संरक्षण तथा सार्वजनिक हितका लागि गरिएको भन्दै सम्बन्धित सबै पक्षलाई प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरेका छन्।

समाचार अभियान June 1, 2026 २०८३, १८ जेष्ठ सोमबार ०९:०४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन
श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?