By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग

समाचार अभियान
समाचार अभियान २०८३, १८ जेष्ठ सोमबार ०९:०१ पाठक संख्या 19
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं, जेठ १८ — प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको “नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्तिले राजनीतिक तथा कूटनीतिक वृत्तमा तीव्र बहस सिर्जना गरेको छ। प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी दलहरू, सीमाविज्ञ तथा विभिन्न सरोकारवालाहरूले आपत्ति जनाउँदै तथ्य प्रमाण सार्वजनिक गर्न वा अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि केही स्थानमा भारतीय भूमि प्रयोग गरिरहेको जानकारी पाएको बताएका थिए। उनले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाउँदै यस विषयमा भारत, चीन तथा बेलायतसँग समेत संवाद भइरहेको उल्लेख गरेका थिए।

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएलगत्तै सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने दाबीमा कुनै सत्यता नरहेको बताएका छन्। उनका अनुसार सीमा क्षेत्रमा देखिने ‘क्रस होल्डिङ अकुपेसन’ अर्थात् दुवै देशका नागरिकले सीमापारका केही जमिन प्रयोग गर्ने अवस्थालाई भूमि मिचिएको भन्न मिल्दैन।

श्रेष्ठले पर्साको सिरसिया नदी आसपासका क्षेत्रको उदाहरण दिँदै नदीको बहाव परिवर्तन हुँदा दुवैतर्फका नागरिकले एकअर्काको भूमिमा खेतीपाती वा भोगचलन गर्ने अवस्था रहेको बताए। तर त्यसलाई सीमा अतिक्रमण वा भूमि मिचिएको रूपमा व्याख्या गर्न नहुने उनको भनाइ छ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेस र नेकपा एमालेले समेत कडा आपत्ति जनाएका छन्। कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसद्मा प्रधानमन्त्रीले उठाएको विषय अत्यन्त संवेदनशील रहेको भन्दै यदि तथ्य प्रमाण छ भने सार्वजनिक गर्न र नभए उक्त भनाइ रेकर्डबाट हटाउन माग गरिन्।

एमाले सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको भनाइले नेपाल–भारत सीमा सम्बन्धी विषयमा गम्भीर अन्योल उत्पन्न गरेको बताउँदै कुन क्षेत्रको भूमि नेपालले मिचेको हो भन्ने स्पष्ट जानकारी संसद्लाई दिन आग्रह गरिन्। उनले उक्त भनाइ सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत अभिव्यक्ति मात्र हो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने बताइन्।

त्यस्तै नेकपाका सांसद युवराज दुलालले नेपालको राष्ट्रिय अभिलेख र इतिहासमा नेपालले कुनै देशको भूमि मिचेको उल्लेख नभएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे। अर्का सांसद रमेश मल्लले राष्ट्रिय अखण्डता जस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट आएको अभिव्यक्ति सामान्य रूपमा लिन नसकिने बताए।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्रीको भनाइ तथ्यहीन र भ्रमपूर्ण रहेको आरोप लगाउँदै यसले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षामा खटिएका व्यक्तिहरूको मनोबल कमजोर बनाएको टिप्पणी गरेका छन्। उनले सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्दै संसद् र जनतासँग माफी माग्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहको अभिव्यक्तिले संसद्भित्र मात्र होइन, सार्वजनिक वृत्तमा पनि व्यापक बहस उत्पन्न गरेको छ। अब सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्ने वा प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउने भन्ने विषयलाई चासोका साथ हेरिएको छ। सीमा र राष्ट्रियताको विषय अत्यन्त संवेदनशील भएकाले सरकारको आधिकारिक स्पष्टीकरणको प्रतीक्षा भइरहेको छ।

समाचार अभियान June 1, 2026 २०८३, १८ जेष्ठ सोमबार ०९:०१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?