By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

समाचार अभियान
समाचार अभियान २०८३, २२ जेष्ठ शुक्रबार १८:१८ पाठक संख्या 155
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर रानी कुमारी गुप्ता । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय श्री फकिरा महतोको उपस्थितिमा बारा जिल्ला अदालतमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा बारा जिल्ला अदालतका मुख्य न्यायाधीश, पर्सास्थित उच्च अदालतका मुख्य न्यायाधीश, विभिन्न न्यायाधीशहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, रजिस्ट्रार, श्रेस्तेदार लगायत सरोकारवाला अधिकारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा अदालतको सेवा प्रवाह, न्यायिक प्रशासन, अभिलेख व्यवस्थापन, सुरक्षाको अवस्था तथा सेवाग्राहीलाई प्रदान गरिने सुविधाबारे विस्तृत जानकारी लिइएको थियो। सहभागीहरूले अदालतको भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, मुद्दा फर्छ्यौटको अवस्था तथा न्याय सम्पादन प्रक्रियाका विविध पक्षहरूको अवलोकन गरेका थिए।

गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न प्रभावकारी, पारदर्शी र छिटोछरितो सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो। उहाँले अदालत र सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै नागरिकमैत्री न्यायिक वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित न्यायाधीश तथा प्रशासनिक अधिकारीहरूले न्यायिक सेवाको गुणस्तर अभिवृद्धि, अदालतको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उपाय तथा देखिएका समस्याको समाधानका विषयमा छलफल गरेका थिए। सुरक्षा निकायका प्रमुखहरूले अदालत परिसरको सुरक्षा अवस्था र आवश्यक सुधारका विषयमा जानकारी गराएका थिए।

अनुगमन तथा निरीक्षण कार्यक्रमले अदालतको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। साथै न्यायिक क्षेत्रका चुनौतीहरू पहिचान गरी समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

समाचार अभियान June 5, 2026 २०८३, २२ जेष्ठ शुक्रबार १८:१८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन
श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास

June 1, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?