By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गायक नरेश रेग्मीको ‘तिम्रै हुँ म’ गीत सार्वजनिक, प्रेंका कार्कीको अभिनयले भिडियोमा थपिएको आकर्षण
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारलेख / विचारसमाजहेडलाईन

गायक नरेश रेग्मीको ‘तिम्रै हुँ म’ गीत सार्वजनिक, प्रेंका कार्कीको अभिनयले भिडियोमा थपिएको आकर्षण

समाचार अभियान
समाचार अभियान २०८२, २१ कार्तिक बिहीबार १९:२८ पाठक संख्या 350
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं कार्तिक – २० । एनआर क्रेशनले नयाँ प्रेमिल गीत ‘तिम्रै हुँ म’ सार्वजनिक गरेको छ। गायक नरेश रेग्मीको स्वर रहेको यस गीतको म्यूजिक भिडियोमा चर्चित अभिनेत्री प्रेंका कार्की र स्वयं गायक रेग्मीले अभिनय गरेका छन्। गीत बजारमा आएलगत्तै चर्चा बटुल्न थालेको छ।

‘म सास बन्न पाए तिम्रो मुटुसम्म पुग्थे’ बोलको गीतले अपार सफलता हासिल गरेपछि रेग्मीले निरन्तर रुपमा हरेक वर्ष नयाँ र फरक स्वादका गीत प्रस्तुत गर्दै आएका छन्। हाल सार्वजनिक भएको ‘तिम्रै हुँ म’ रेग्मीको सोही निरन्तरताको अर्को कडीको रुपमा आएको बताइएको छ। गीतमा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत तथा मौसम हिमालको निर्देशन रहेको छ। भिडियोको छायांकन र सम्पादनमा पनि प्रविधिगत आधुनिकता र कलात्मक शैली अपनाइएको छ।

म्यूजिक भिडियोकी मुख्य पात्र प्रेंका कार्कीले गीतका दृश्य, कथा र प्रस्तुति आफुले अभिनय गरेको पूर्वका गीतभन्दा एकदमै फरक रहेको बताइन्। उनका अनुसार भिडियोमा समाहित भावनात्मक दृश्यहरू तथा चरित्र अभिव्यक्तिमा उनले विशेष मेहनत गरेकी छन्। “गीतको भाव र संगीत दुवै निकै गहिरो छन्। दर्शकले यसमा मेरो नयाँ रूप पाउनेछन्,” कार्कीले भनिन्।

यस्तै, गायक तथा मोडेल नरेश रेग्मीले ‘तिम्रै हुँ म’ ले नयाँ पुस्ताको मन मुटुमा बस्न सक्ने विश्वास व्यक्त गरे। “गीत प्रेममा रहेका युवायुवतीका मनको कथा हो। त्यसैले यो गीतले उनीहरूलाई आफूभित्रको भाव प्रस्तुत भएको अनुभूति गराउने रेग्मीले बताए।

सानै उमेरदेखि संगीतमा रुचि राख्दै आएका रेग्मी दुई दशकदेखि सांगीतिक यात्रामा सक्रिय छन्। दाङमा जन्मिएका उनी हाल अष्ट्रेलियामा बसोबास गर्दै आए पनि मातृभूमि र परिवेशसँग जोडिने विषयवस्तूलाई गीतमार्फत निरन्तरता दिँदै आएका छन्। उनले अहिलेसम्म दर्जनौं गीतमा स्वर दिँदै अधिकांश गीतका म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन्।

रेग्मीले विदेशमा बसे पनि नेपाली संगीत क्षेत्रलाई निरन्तर योगदान दिइरहेको र उनका गीतले नयाँ पुस्ताको प्रेम, भावना र जीवनशैलीलाई प्रतिबिम्बित गर्ने बताइएको छ। ‘तिम्रै हुँ म’ गीत सामाजिक सञ्जाल तथा भिडियो स्ट्रिमिङ प्लेटफर्ममा अपलोड भएको केही समयमै दर्शक प्रतिक्रिया सकारात्मक पाइरहेको छ। समकालीन प्रेम कथालाई केन्द्रमा राखेर निर्माण भएको यस गीतले आगामी दिनमा अझै ठूलो दर्शक रोजाइ बटुल्ने अपेक्षा गरिएको छ।

 

समाचार अभियान November 6, 2025 २०८२, २१ कार्तिक बिहीबार १९:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?