By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त

समाचार अभियान
समाचार अभियान २०८२, १२ माघ आईतवार १५:१८ पाठक संख्या 235
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_0
शेयर

जनकपुरधाम माघ ११ । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी पाउनुभएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय, सुदृढ र परिणाममुखी बनाउने उद्देश्य सहित कांग्रेसले यादवलाई उक्त महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

पार्टीका अनुसार निर्वाचन परिचालन समितिले मधेश प्रदेशभर चुनावी रणनीति निर्माण, कार्यकर्ता परिचालन, प्रचार–प्रसार व्यवस्थापन, स्थानीय तहसँग समन्वय तथा मतदाता पहुँच विस्तारका कार्यक्रम सञ्चालन गर्नेछ। संयोजक यादवको नेतृत्वमा समितिले प्रदेशका आठै जिल्लामा संगठनात्मक गतिविधि तीव्र बनाउने तयारी गरेको बताइएको छ।

उपसभापति यादव लामो समयदेखि कांग्रेसको संगठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको नेता हुनुहुन्छ। मधेशका मुद्दा, समावेशी राजनीति र संगठन विस्तारमा उहाँको भूमिकालाई पार्टी भित्र सकारात्मक रूपमा मूल्यांकन गरिएको छ। यही अनुभव र क्षमता आधारमा पार्टीले उहाँलाई प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको मधेस प्रदेश नेपाली कांग्रेसका सभापति कृष्ण यादवले जनाएको छ।

जिम्मेवारी पाएपछि संयोजक यादवले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै मधेश प्रदेशमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “कार्यकर्ता, शुभेच्छुक र आम मतदातासँग नजिक रहेर लोकतान्त्रिक मूल्य र कांग्रेसको नीतिलाई घरघरमा पुर्‍याउने हाम्रो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो।

नेपाली कांग्रेस मधेश प्रदेश समितिका पदाधिकारीहरूले पनि यादवको नेतृत्वमा निर्वाचन परिचालन समिति प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पार्टीभित्रको एकता, अनुशासन र सक्रियता बढाउँदै निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन समिति केन्द्रित रहनेछ।

प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको गठनसँगै मधेश प्रदेशमा कांग्रेसको चुनावी गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।

समाचार अभियान January 25, 2026 २०८२, १२ माघ आईतवार १५:१८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?