By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन

समाचार अभियान
समाचार अभियान २०८२, २० चैत्र शुक्रबार ००:१५ पाठक संख्या 278
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा ।चैत २० । श्रीकान्त गुप्ता । बालेन सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेकोको कारण अन्य देश भन्दा नेपालमा दैनिक उपयोग हुने पेट्रोल डिजेलको मुल्यमा वृद्धि भएको छ ।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा महँगो रहेको तथ्यले फेरि एकपटक उपभोक्ताको ध्यान तानेको छ। उपलब्ध मूल्यअनुसार भारतमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ पर्दा नेपालमा त्यही पेट्रोल २०२ रुपैयाँमा बिक्री भइरहेको छ। यसअनुसार नेपालमा पेट्रोलको मूल्य भारतभन्दा ३२ रुपैयाँ बढी रहेको देखिन्छ।

त्यस्तै, डिजेलको हकमा भारतमा प्रतिलिटर १४७.२० रुपैयाँ मूल्य रहेको अवस्थामा नेपालमा १८२ रुपैयाँमा बिक्री भइरहेको छ। अर्थात्, नेपालमा डिजेलको मूल्य भारतको तुलनामा ३४ रुपैयाँ ८० पैसा बढी छ। दैनिक उपभोग, यातायात, ढुवानी र कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्ने यी दुई मुख्य इन्धनको मूल्य अन्तरले आम उपभोक्तामाथि थप आर्थिक दबाब सिर्जना गरेको छ।

जनताले महँगी घटाउने, करको बोझ कम गर्ने र सुशासन दिने अपेक्षासहित बालेनको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनादेश दिएको छ । तर, सत्तामा पुगेपछि सरकारले जनअपेक्षा अनुसार राहत दिन नसकेको मात्र होइन, उल्टै जनताको ढाड सेक्ने गरी कर र मूल्यवृद्धिको बोझ थपेको आरोप लागेको छ।

स्थानीय उपभोक्ताहरूका अनुसार इन्धनको मूल्यवृद्धिले केवल सवारीसाधन चलाउने खर्च मात्र बढाएको छैन, यसले यातायात भाडा, कृषि उत्पादनको लागत, निर्माण सामग्री ढुवानी, खाद्यान्नको मूल्य, तथा दैनिक उपभोग्य वस्तुहरूको बजार मूल्य समेत बढेको छ । यसको सीधा असर आम नागरिकको भान्सादेखि व्यवसायसम्म परेको देखिन्छ।

बालेन सरकारको जनताको काम गर्नु भन्दा प्रतिशोधमा लागेको ब्यवसायीहरुले बताएका छन । पछिलो समयमा अन्तरास्ट्रिय स्तरमा यूद्ध भएको थियो तर यति रफतार वृद्धि भएको थिएन शोशिला कार्कीको सरकारमा यूद्ध शुरु भएको समयमा मूल्य वृद्धि भएन नयाँ बालेन सरकारले आफ्नो पालामा मूल्य वृद्धि गर्नु भएको आम जनताको गुणासो छ ।

समाचार अभियान April 3, 2026 २०८२, २० चैत्र शुक्रबार ००:१५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?