By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य

समाचार अभियान
समाचार अभियान २०८२, २० चैत्र शुक्रबार ०७:३० पाठक संख्या 104
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सर्लाही चैत २०।रानी कुमारी ।सर्लाही ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज आचार्य पछिल्लो समय विकास निर्माणका कामलाई तीव्रता दिँदै जनतामाझ लोकप्रिय बन्दै गएको चर्चा बढ्न थालेको छ। नगरप्रमुख आचार्यले आफू निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि नगरवासीले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्न थालेको दाबी गरेका छन्।

उनका अनुसार ईश्वरपुर नगरपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, धार्मिक सम्पदाको संरक्षण, बजार व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। “हामीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना अघि बढाएका छौं, त्यसैले अहिले नगरबासीले परिवर्तन महसुस गर्न थालेका छन्,” नगरप्रमुख आचार्यले बताएका छन्।

नगरपालिकाभित्रका विभिन्न वडामा सडक स्तरोन्नति, ढल निर्माण, विद्यालय भवन मर्मत तथा नयाँ संरचना निर्माण, स्वास्थ्य चौकीको सेवा विस्तार, खानेपानी तथा सरसफाइमा सुधारजस्ता कामले स्थानीयवासी उत्साहित बनेका छन्। नगरका कतिपय बस्तीमा पहिलेको तुलनामा सहज आवतजावत, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढेको स्थानीयको भनाइ छ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई समेत नगरपालिकाले विशेष प्राथमिकता दिएको जनाइएको छ। विभिन्न मठमन्दिर, धार्मिक स्थल र सार्वजनिक संरचनाको संरक्षण तथा सौन्दर्यीकरणमार्फत नगरको पहिचान मजबुत बनाउने प्रयास भइरहेको नगरप्रमुख आचार्यको भनाइ छ। यससँगै बजार क्षेत्रको व्यवस्थापन, सरसफाइ, ट्राफिक सहजता र व्यवसायिक वातावरण सुधारमा पनि नगरपालिका सक्रिय देखिएको छ।
नगरप्रमुख आचार्यले विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाइएको बताए। उनले शिक्षा र स्वास्थ्यलाई नगरको दीर्घकालीन समृद्धिको आधार मान्दै यी क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। “विकास भनेको केवल सडक र भवन बनाउनु मात्र होइन, जनताको जीवनस्तरमा सुधार ल्याउनु पनि हो,” उनले भने।स्थानीयवासीहरूका अनुसार नगरपालिकाले पछिल्लो समय जनचाहना अनुसार योजना छनोट र कार्यान्वयनमा सक्रियता देखाएको छ। जनप्रतिनिधिहरू जनतामाझ पुगेर समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने शैलीले पनि नगरप्रमुख आचार्यप्रति विश्वास बढाएको देखिन्छ।

यद्यपि केही स्थानमा अझै थप कामको अपेक्षा रहेको स्थानीयको भनाइ छ। तर समग्र रूपमा हेर्दा ईश्वरपुर नगरपालिकामा विकास निर्माणले गति लिएको र त्यसले नगरप्रमुख मनोज आचार्यको लोकप्रियता बढाएको चर्चा नगरभर फैलिएको छ। विकासको यही लयलाई निरन्तरता दिन सके ईश्वरपुर नगरपालिकाले अझ व्यापक परिवर्तनको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

समाचार अभियान April 3, 2026 २०८२, २० चैत्र शुक्रबार ०७:३०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
दुई तिहाइको दम्भमा सरकार? कर, महँगी,निजी मिडिया र बिपक्षीको प्रतिशोधमा ब्यस्त
अन्तर्राष्ट्रिय अपराध अर्थ समाचार खेल समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?