By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

समाचार अभियान
समाचार अभियान २०८२, १८ माघ शनिबार २०:४४ पाठक संख्या 248
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा माघ १७ । बारा क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामेश यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सम्बन्धी कानुन ल्याउन प्रतिनिधि सभामा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले जनताको प्रत्यक्ष मतबाट प्रधानमन्त्री चयन हुने व्यवस्था देशको राजनीतिक स्थायित्वका लागि आवश्यक रहेको बताउनुभयो।

प्राइम टेलिभिजनका रिपोर्टर श्रीकान्त गुप्तासँगको अन्तर्वार्तामा उम्मेदवार यादवले हालको संसदीय अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणाले सरकारलाई जनउत्तरदायी र स्थिर बनाउने दाबी गर्नुभयो। “अब संसदमा पुगेर जनताको मुद्दा बलियोसँग उठाउँछु। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कानुन हाम्रो प्राथमिक एजेन्डा हुनेछ,” उहाँले भन्नुभयो।

अन्तर्वार्ताका क्रममा यादवले बारा क्षेत्र नं २ को अवस्था अत्यन्तै जर्जर रहेको चित्रण गर्नुभयो। विकासका आधारभूत पूर्वाधार—सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा क्षेत्र निकै पछाडि परेको उहाँको भनाइ छ। “बारा जिल्लामै सबैभन्दा पछाडि परेको क्षेत्र क्षेत्र नं २ हो। यहाँ विकासका नाममा जनताले केवल आश्वासन मात्र पाएका छन्,” उहाँले गुनासो गर्नुभयो।

यादवले विगतमा निर्वाचित नेताहरू जितेपछि फेरि जनतासँग भेट्न नआउने प्रवृत्ति मौलाउँदै गएको भन्दै त्यसलाई आफूले तोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। “नेता जितेर गएपछि फर्केर नआउने संस्कृति छ। म त्यसको अन्त्य गर्छु। नियमित रूपमा जनतासँग भेटघाट, संवाद र अनुगमन हुनेछ,” उहाँले स्पष्ट पार्नुभयो।

क्षेत्र नं २ का स्थानीय समस्यालाई प्राथमिकतामा राखेर संसदमा आवाज उठाउने भन्दै यादवले कृषि, रोजगारी, सिँचाइ, स्वास्थ्य चौकी सुदृढीकरण र शिक्षा सुधारलाई पहिलो चरणका कामका रूपमा अघि बढाउने योजना सुनाउनुभयो। जनताले दिएको विश्वासलाई कामबाट प्रमाणित गर्ने उहाँको भनाइ छ।

स्थानीय बासिन्दाले पनि नयाँ सांसदबाट ठोस विकास र नियमित उपस्थितिको अपेक्षा गरेका छन्। अब प्रतिनिधि सभामा यादवको भूमिकाले बारा क्षेत्र नं २ का दीर्घकालीन समस्या समाधानतर्फ कस्तो गति लिन्छ भन्नेमा सबैको चासो रहेको छ।

समाचार अभियान January 31, 2026 २०८२, १८ माघ शनिबार २०:४४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?