By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

समाचार अभियान
समाचार अभियान २०८२, १४ माघ मंगलवार २०:३४ पाठक संख्या 125
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा माघ १३। वीरगन्ज भन्सार कार्यालयले हालै सार्वजनिक गरेको लिलामी प्रक्रियामा ठूलो आर्थिक अनियमितता र मिलेमतो भएको आशंका गहिरिँदै गएको छ।

राज्यकोषमा करोडौँ रुपैयाँ राजस्व जम्मा हुनसक्ने वस्तुलाई अस्पष्ट र अमूर्त शब्द प्रयोग गर्दै अत्यन्त न्यून मूल्यमा लिलामी गरिएको तथ्य सार्वजनिक भएपछि भन्सार प्रशासनको भूमिका माथि गम्भीर प्रश्न उठेको हो।
भन्सार कार्यालयले सूचना नम्बर १३३ देखि १३८ सम्मका लिलामी सूचनामा बरामद तथा जफत गरिएका तरल पदार्थलाई ‘लुब्रिकेन्ट जस्तो देखिने’ भन्दै स्पष्ट वैज्ञानिक पहिचान नगरी लिलामीमा राखेको देखिन्छ। नियमअनुसार यस्ता वस्तुको प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गरी वास्तविक विवरण खुलाउनुपर्ने भए पनि त्यसतर्फ कुनै चासो नदेखाइएको आरोप लागेको छ। यसले भन्सारभित्र संस्थागत बेथिति र कर्मचारी बिचौलिया गिरोह बीचको मिलेमतोको संकेत गरेको सरोकारवालाहरू बताउँछन्।

लिलामीमा तोकिएको न्यूनतम मूल्य पनि अस्वाभाविक देखिएको छ। पुस २५ गते प्रकाशित सूचना अनुसार २० हजार केजी तरल पदार्थको न्यूनतम मूल्य जम्मा ५ लाख १० हजार रुपैयाँ तोकिएको छ, जसअनुसार प्रति केजी करिब २५ रुपैयाँ मात्रै पर्न आउँछ। जबकि बजारमा सामान्य लुब्रिकेन्ट वा मोबिलको थोक मूल्य प्रति लिटर ५०० रुपैयाँ भन्दा बढी हुने गरेको व्यवसायीहरू बताउँछन्।

छ वटा सूचनाका आधारमा करिब १ लाख २० हजार लिटर वस्तु अत्यन्त सस्तो मूल्यमा लिलामी गर्दा राज्यले ६ करोड रुपैयाँभन्दा बढी राजस्व गुमाउन सक्ने अनुमान गरिएको छ। बजार मूल्यलाई बेवास्ता गर्दै न्यून मूल्य तोकिएको कार्यले निश्चित समूहलाई फाइदा पुर्‍याउने उद्देश्य रहेको आरोप लागिरहेको छ।

यस विषयमा भन्सारका जिम्मेवार अधिकारीहरू भने मौन देखिएका छन्। सूचना अधिकारी उदयसिंह विष्टको फोन उठेन भने प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।अर्थात फोन उठेन

प्रकरण गम्भीर बन्दै गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग उठेको छ।

समाचार अभियान January 27, 2026 २०८२, १४ माघ मंगलवार २०:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन
नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अपराधअर्थ समाचारसमाचारसुचना / प्रविधीहेडलाईन

फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?