By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

समाचार अभियान
समाचार अभियान २०८२, १७ माघ शुक्रबार ०९:५० पाठक संख्या 311
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सिकेन्द्र साह
बारा माघ १६ ।बारा जिल्लामा एकै रातमा पाँच वटा मोटरसाइकल चोरी भएपछि जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। विभिन्न स्थानबाट एकै समयमा भएको चोरीले चोर समूह सक्रिय रहेको आशंका गरिएको छ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा नेपाल प्रहरीमा कार्यरत सहायक हवलदार जयकिशोर प्रसाद यादवको १५० सिसी पल्सर मोटरसाइकल चोरी भएको छ। उनी छुट्टीमा घर आएको बेला प्रदेश २–०३–०२१ प ६११५ नम्बरको मोटरसाइकल राति करिब १ बजे घरको ब्रान्डाबाट चोरी भएको हो। सोही क्रममा घरमा राखिएको केही नगद रकम समेत चोरी भएको पीडितले बताएका छन्।

त्यसैगरी, आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ बोहामा पनि सोही रात चार वटा मोटरसाइकल चोरी भएका छन्। चोरी भएका मोटरसाइकलमध्ये दुई वटा यामाहा एफजेड र दुई वटा पल्सर रहेका छन्। स्थानीय बलिराम बैठाको घरमा जग पूजा गर्न आएका पुरोहितको मोटरसाइकल समेत चोरहरूले लगेका छन्।

एकै रातमा प्रहरीको मोटरसाइकल सहित पाँच वटा मोटरसाइकल चोरी हुनु सामान्य घटना नभएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। “प्रहरीकै मोटरसाइकल सुरक्षित छैन भने सर्वसाधारणको अवस्था के होला ?” भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
पीडित नन्दु यादवका अनुसार चोरी भएको थाहा पाउना साथ राति नै प्रहरीलाई जानकारी गराइएको थियो। तर, समयमै खोजतलास सुरु नभएको भन्दै उनले गुनासो गरेका छन्। उनका अनुसार चोरीपछिको प्रारम्भिक अनुसन्धान प्रभावकारी नदेखिएको स्थानीयको धारणा छ।

जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयले नियमित गस्ती, सीसीटीभी जडान र तत्काल अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन्। प्रहरीले भने घटनाबारे जानकारी पाउनासाथ अनुसन्धान सुरु गरिएको र चोरीमा संलग्न समूहको खोजी भइरहेको जनाएको छ।

समाचार अभियान January 30, 2026 २०८२, १७ माघ शुक्रबार ०९:५०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित1

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन
नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026
अपराधअर्थ समाचारसमाचारसुचना / प्रविधीहेडलाईन

फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?