बारा —माघ १३ ।श्री कान्त गुप्ता – फेटा गाउँपालिकाका लेखा प्रमुख भोला प्रसाद यादव माथि खरिद नियमावलीको उल्लङ्घन गर्दै आर्थिक प्रलोभनमा परेर आवश्यक कागजात बिना आर्थिक बर्ष २०८१/०८२ मा ९० लाख ७५ हजार ५ सय रुपैयाँको अबैध रुपमा भुक्तानी गरेको आरोप लागेको छ ।
स्थानीय र नेपाल सरकारको स्रोत अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेका प्रक्रिया खरिद मुल्यांकन खनौट प्रक्रिया र कामको आपूर्ति संस्थासंग आवस्यक प्रमाण बिना लेखा प्रमुखले आर्थिक प्रलोभन परेर अबैध रुपमा भुक्तानी गरेको छ ।फेटा गाउँपालिकामा लेखा प्रमुखको जिम्मेवारी बोकेका भोला यादवले आर्थिक प्रलोभनमा परेर नियम विपरीत काम गरेर फेटा गाउँपालिका माथीको पारदर्शिता सुशासन र कार्य शैली माथि गहिरो धक्का पुर्याएको छ ।
लेखा प्रमुख भोला यादवले आर्थिक प्रलोभनमा परेर आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै आपूर्तिकर्ता र संघसंस्थालाई अनुचित लाभ पुर्याएको सरकारले पुष्टि गरेको छ ।खरिद ऎन बलियो भए पनि लेखा प्रमुख भोला यादवले खरिद नियमलाई खोखला बनाई सरकारको रकमलाई दोहन गरिरहेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा फाईल झिकाई निष्पक्ष अनुसन्धान गर्नु पर्ने आवस्यक देखिन्छ ।नियम विपरीत गरिएको भुक्तानीको सत्यतथ्य छानबिन गरि लेखा प्रमुख र तत्काल प्रशासकीय अधिकृत माथी कडा कारबाही गर्ने स्थानीयहरुले माग गरेको छ ।
फेटा गाउँपालिका लेखा प्रमुख भोला यादवसंग प्रतिक्रिया लिनको लागि फोन गर्दा फोन उठाउनु भएन
