By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : “न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
लेख / विचार

“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”

समाचार अभियान
समाचार अभियान २०८२, १७ माघ शुक्रबार ०८:२६ पाठक संख्या 203
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता

राजनीति नाराले होइन, दृष्टिले चल्छ। देश भावनाले होइन, जिम्मेवारीले बनिन्छ तर पछिल्ला दिनहरूमा रास्वपाको नामसँग जोडिएका अभिव्यक्ति, एजेन्डा र टिकट वितरणका निर्णयहरूले यही आधारभूत सत्यलाई प्रश्नको कठघरामा उभ्याइदिएका छन्। गाई काटेर खान मिल्छ भन्ने बहसदेखि हिन्दुहरूलाई पार्टी छोड्न सुझाउने भाषासम्म, नेपाली सेनालाई १० हजारमा झार्ने जस्तो असंवेदनशील कल्पनादेखि बलात्कारलाई सामान्यीकरण गर्ने अभिव्यक्तिसम्म—यी सबैले एउटा पार्टीको वैचारिक दिशाहीनता र अपरिपक्वता नांगो बनाइदिन्छ।

देशलाई भुटान–सिक्किमसँग तुलना गर्दै राष्ट्रिय स्वाधीनताको संवेदनशील प्रश्नलाई हलुका बनाउने शैली, टिकट वितरणमा देखिएको असन्तुलन, विदेशी फाउन्डेसन र काउन्सिलसँग जोडिएका पात्रहरूको प्राथमिकता….यी कुनै पनि विषय संयोग होइनन्। यी सबैले एउटै संकेत गर्छन्: यो राजनीति परिवर्तनको होइन, भ्रमको हो; सुधारको होइन, पुनःप्याकेजिङको हो।

रास्वपा नयाँ पार्टी भनेर प्रस्तुत गरिए पनि यसको संरचना, सोच र कार्यशैली पुरानै दलाल प्रवृत्तिको नयाँ आवरण जस्तो देखिन्छ। कांग्रेस–एमाले–माओवादीका भगौडाहरूको जमघट, जनताको आँखामा धुलो छर्न बनाइएको कथित विकल्प—यसले देश बनाउने होइन, दिशाहीन बनाउने जोखिम बोकेको छ। भ्रष्टाचार, कालोबजारी, बिचौलिया र विदेशी प्रभावको छायाँबाट जन्मिएको राजनीति राष्ट्रिय हितको रक्षक बन्न सक्दैन।

आज निर्णायक प्रश्न यही हो—हामीलाई देश चाहिएको हो कि दलाल? भविष्य चाहिएको हो कि खोक्रो एजेन्डा? स्वाधीनता चाहिएको हो कि परनिर्भरता? यस्ता एजेन्डालाई भोट दिनु परिवर्तनको मत होइन; त्यो आफ्नै भविष्यविरुद्धको मत हुनेछ।

यसको विपरीत, बदलिँदो कांग्रेस—लास र दास मानसिकताबाट मुक्त, स्पष्ट भिजन र दीर्घकालीन समुन्नतिको एजेन्डासहित—देशलाई स्थायित्व र दिशाबोध दिन सक्ने विकल्प हो। बहुमतको सरकारमार्फत नीतिगत निरन्तरता, संस्थागत सुधार र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव हुन्छ। अपरिपक्व नेतृत्वले होइन, परिपक्व राजनीतिक निर्णयले देश अगाडि बढ्छ।यो भन्दैमा नेपाली कांग्रेस होस या नेकपा होस वा नेकपा एमाले होस टेस्टेड र विचारहीन,दुरदर्शिता नभएको नेतृत्व छान्नुस चाहिँ भन्दिन म।

अब ढिलो गर्ने समय छैन। भ्रमबाट बाहिर निस्केर जिम्मेवार छनोट गर्नुपर्छ किनकि देश प्रयोगशाला होइन—यहाँ असफल प्रयोगको मूल्य सम्पूर्ण पुस्ताले भोग्नु पर्नेछ।

“नयाँ जति सबै राम्रा र हाम्रा हुदैनन्”

समाचार अभियान January 30, 2026 २०८२, १७ माघ शुक्रबार ०८:२६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

मधेसमा छोटी भन्सारको अभाव : बढ्दो तस्करी र आन्दोलनको चेतावनी

May 27, 2026

मधेसमा सत्ता समीकरणको फेरबदलले संघीयता धरापमा

May 26, 2026

स्वास्थ्यकर्मीको पाँच महिनादेखिको तलब संकट र राज्यको उदासीनता

May 13, 2026

मधेसमा छोटी भन्सारको अभाव : बढ्दो राजस्व चुहावटको चुनौती

May 10, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?