By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : “न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
लेख / विचार

“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”

समाचार अभियान
समाचार अभियान २०८२, १७ माघ शुक्रबार ०८:२६ पाठक संख्या 87
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता

राजनीति नाराले होइन, दृष्टिले चल्छ। देश भावनाले होइन, जिम्मेवारीले बनिन्छ तर पछिल्ला दिनहरूमा रास्वपाको नामसँग जोडिएका अभिव्यक्ति, एजेन्डा र टिकट वितरणका निर्णयहरूले यही आधारभूत सत्यलाई प्रश्नको कठघरामा उभ्याइदिएका छन्। गाई काटेर खान मिल्छ भन्ने बहसदेखि हिन्दुहरूलाई पार्टी छोड्न सुझाउने भाषासम्म, नेपाली सेनालाई १० हजारमा झार्ने जस्तो असंवेदनशील कल्पनादेखि बलात्कारलाई सामान्यीकरण गर्ने अभिव्यक्तिसम्म—यी सबैले एउटा पार्टीको वैचारिक दिशाहीनता र अपरिपक्वता नांगो बनाइदिन्छ।

देशलाई भुटान–सिक्किमसँग तुलना गर्दै राष्ट्रिय स्वाधीनताको संवेदनशील प्रश्नलाई हलुका बनाउने शैली, टिकट वितरणमा देखिएको असन्तुलन, विदेशी फाउन्डेसन र काउन्सिलसँग जोडिएका पात्रहरूको प्राथमिकता….यी कुनै पनि विषय संयोग होइनन्। यी सबैले एउटै संकेत गर्छन्: यो राजनीति परिवर्तनको होइन, भ्रमको हो; सुधारको होइन, पुनःप्याकेजिङको हो।

रास्वपा नयाँ पार्टी भनेर प्रस्तुत गरिए पनि यसको संरचना, सोच र कार्यशैली पुरानै दलाल प्रवृत्तिको नयाँ आवरण जस्तो देखिन्छ। कांग्रेस–एमाले–माओवादीका भगौडाहरूको जमघट, जनताको आँखामा धुलो छर्न बनाइएको कथित विकल्प—यसले देश बनाउने होइन, दिशाहीन बनाउने जोखिम बोकेको छ। भ्रष्टाचार, कालोबजारी, बिचौलिया र विदेशी प्रभावको छायाँबाट जन्मिएको राजनीति राष्ट्रिय हितको रक्षक बन्न सक्दैन।

आज निर्णायक प्रश्न यही हो—हामीलाई देश चाहिएको हो कि दलाल? भविष्य चाहिएको हो कि खोक्रो एजेन्डा? स्वाधीनता चाहिएको हो कि परनिर्भरता? यस्ता एजेन्डालाई भोट दिनु परिवर्तनको मत होइन; त्यो आफ्नै भविष्यविरुद्धको मत हुनेछ।

यसको विपरीत, बदलिँदो कांग्रेस—लास र दास मानसिकताबाट मुक्त, स्पष्ट भिजन र दीर्घकालीन समुन्नतिको एजेन्डासहित—देशलाई स्थायित्व र दिशाबोध दिन सक्ने विकल्प हो। बहुमतको सरकारमार्फत नीतिगत निरन्तरता, संस्थागत सुधार र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव हुन्छ। अपरिपक्व नेतृत्वले होइन, परिपक्व राजनीतिक निर्णयले देश अगाडि बढ्छ।यो भन्दैमा नेपाली कांग्रेस होस या नेकपा होस वा नेकपा एमाले होस टेस्टेड र विचारहीन,दुरदर्शिता नभएको नेतृत्व छान्नुस चाहिँ भन्दिन म।

अब ढिलो गर्ने समय छैन। भ्रमबाट बाहिर निस्केर जिम्मेवार छनोट गर्नुपर्छ किनकि देश प्रयोगशाला होइन—यहाँ असफल प्रयोगको मूल्य सम्पूर्ण पुस्ताले भोग्नु पर्नेछ।

“नयाँ जति सबै राम्रा र हाम्रा हुदैनन्”

समाचार अभियान January 30, 2026 २०८२, १७ माघ शुक्रबार ०८:२६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन
नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

लेख / विचार

सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”

January 30, 2026
लेख / विचारसमाजहेडलाईन

रौतहट–४ मा अब भ्रम होइन फैसला : तिमिल्सिनाको अधुरो सपना पूरा गर्न गगन नेतृत्वको कांग्रेस मैदानमा”

January 24, 2026
अर्थ समाचारलेख / विचारसमाजहेडलाईन

गायक नरेश रेग्मीको ‘तिम्रै हुँ म’ गीत सार्वजनिक, प्रेंका कार्कीको अभिनयले भिडियोमा थपिएको आकर्षण

November 6, 2025
अन्तर्राष्ट्रियलेख / विचारसमाचारसमाजहेडलाईन

एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष पदका प्रत्यासी रामहरी अधिकारीको प्रतिबद्धता

August 13, 2025

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?