By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष पदका प्रत्यासी रामहरी अधिकारीको प्रतिबद्धता
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अन्तर्राष्ट्रियलेख / विचारसमाचारसमाजहेडलाईन

एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष पदका प्रत्यासी रामहरी अधिकारीको प्रतिबद्धता

समाचार अभियान
समाचार अभियान २०८२, २९ श्रावण बुधबार १३:२४ पाठक संख्या 258
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं – सावन २८ । एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष पदका प्रत्यासी रामहरी अधिकारीको प्रतिबद्धता, ‘संस्था व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित सबल संस्था आजको आवस्यकता ।।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी हालका महासचिव रामहरि अधिकारीले अमेरीकाको विभिन्न शहरमा रहेका प्रतिनिधिसंग भेट गरी छलफल थालेका छन् ।

२०२५–२७ कार्यकालका लागी अध्यक्ष पदका रूपमा उम्मेदवारी दिंएका असधकारी एनआरएनए अमेरिकामा सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचानको रूपम चिनिन्छन् । उनले एनआरएनए अमेरिकाको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउने योजना, सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास बढाउने र समन्वयकासाथ अगाडी बढ्ने विश्वासका साथ अगाडी बढेको जनाएका छन् ।
उनले आफ्नो अभियान गुटबन्दीमुक्त, पारदर्शी र सबल संस्थाको निर्माणमा केन्द्रित रहने बताएका छन् । उनले खुलेर भने, “म कुनै गुटको होइन, म संस्थालाई अझ पारदर्शी, उत्तरदायी, र समावेशी बनाउन आएको हुँ। भन्दै एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्ने बताएका छन् ।
अधिकारीले गैरआवासीय नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताको कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्वको आवश्यकता छ भने ।

उनको नेतृत्वको तीन मुख्य एजेन्डा यस प्रकार छन्
१. संस्थागत सुधार र एकता
एनआरएनए अमेरिकाको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउने योजना। सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास, समन्वय र सहभागिता बढाउने।

२. प्रवासी नेपालीहरूका लागि कार्यक्रममुखी अभियान
अमेरिकामा रहेका नेपालीहरूका लागि व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरू जस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन गर्ने।

३. नेपालसँगको सम्बन्ध र नीति सम्वाद
गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो करको अन्त्य, लगानीको प्रवाह, तथा नेपाल–अमेरिका सम्बन्धलाई संस्थागत तहमा सुदृढ बनाउने। उनले यस्ता विषयहरूलाई अमेरिकी राजनीतिज्ञहरूसँग संवाद गरी अगाडि बढाउने बताए ।
संघको सबभन्दा ठूलो चुनौति पारदर्शिता र गुटबन्दी ।

रामहरि अधिकारीका अनुसार एनआरएनएमा अहिलेसम्म नतिजा भन्दा पनि पदको भागबन्डा बढी देखिएको छ। उनले भने, “संस्थाले अब भागदौडको नेतृत्व होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्छ” उनले गुटभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै, “संस्थामा अब सबैलाई समान अवसर र सम्मान मिल्नुपर्छ,” भने।

सबल नेतृत्वको आह्वान ।

कार्यक्रमको अन्त्यमा अधिकारीले सबै प्रवासी नेपालीहरूलाई आफ्नो अभियानमा साथ दिन अपील गर्दै भनेः“सशक्त एनआरएनए बनाउन हामी सबैले मिलेर नेतृत्व रोज्नुपर्छ, जो परिणाम दिन सकोस्, नतिजा देखाउन सकोस्, र समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरोस”रामहरि अधिकारीको उम्मेदवारीले एनआरएनए अमेरिकाको नेतृत्वमा एक संयमित, अनुभवी र कार्यक्रममुखी व्यक्तित्वलाई अघि ल्याउने संकेत दिएको छ।

उनको “गुटमुक्त नेतृत्व” र “कार्यक्रमद्वारा प्रत्यक्ष प्रभाव” दिने प्रतिबद्धताले धेरैलाई आकर्षित गर्न सक्छ। तर त्यो प्रतिबद्धता कार्यन्वयनमा कसरी रुपान्तरण हुन्छ, त्यसले उनको उम्मेदवारीको सफलता वा असफलताको आधार तय गर्ने छ ।

 

समाचार अभियान August 13, 2025 २०८२, २९ श्रावण बुधबार १३:२४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?