By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेसमा हुण्डी कारोबारको बिगबिगी, एजेन्ट र मजदुरको नेटवर्क फैल्दै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधअर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

मधेसमा हुण्डी कारोबारको बिगबिगी, एजेन्ट र मजदुरको नेटवर्क फैल्दै

समाचार अभियान
समाचार अभियान २०८२, २१ पुष सोमबार १५:५८ पाठक संख्या 128
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा पुष २१ । मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय अवैध हुण्डी कारोबारको बिगबिगी बढ्दै गएको छ । बैंकिङ प्रणालीलाई छलेर हुने यो गैरकानुनी कारोबारले प्रदेशको अर्थतन्त्र मात्र होइन, सुरक्षा व्यवस्था माथि पनि गम्भीर चुनौती थपेको सरोकारवालाहरूको भनाइ छ ।खुला सीमा, बेरोजगारी, कमजोर अनुगमन र छिटो पैसा कमाउने मानसिकताले हुण्डी कारोबार मौलाउँदै गएको देखिन्छ । विशेषगरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लामा हुण्डीको नेटवर्क सक्रिय रहेको सुरक्षा निकायको निष्कर्ष छ ।

भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै एक ठाउँबाट अर्को ठाउँमा ठूलो मात्रामा नगद ओसारपसार गर्ने, विदेशबाट आएको रकम अनौपचारिक रूपमा साटासाट गर्ने र गैरकानुनी कारोबारमा लगानी गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको बताइन्छ ।

पर्सा जिल्लाबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीको विशेष टोलीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा उनीहरूलाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको जनाएको छ ।रकमसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि यो विषय पुनः चर्चामा आएको छ । प्रहरीका अनुसार हुण्डी कारोबारमा लागेकाहरूले सामान्य व्यापारी, एजेन्ट र मजदुरको आवरणमा काम गर्दै नेटवर्क विस्तार गरेका छन् । सीमावर्ती बजार, होटल, गोदाम र निजी आवासलाई हुण्डी कारोबारको केन्द्र बनाइने गरिएको छ ।
अर्थविद्हरूका अनुसार हुण्डी कारोबारले राज्यलाई ठूलो मात्रामा राजस्व घाटा पुर्‍याउने गरेको छ । वैदेशिक रोजगारीबाट आएको रकम बैंकिङ प्रणालीमा नआउँदा सरकारको वित्तीय तथ्यांक प्रभावित हुनुका साथै कालो धन सेतो बनाउने माध्यमसमेत बनेको उनीहरूको भनाइ छ । यसले अपराध, तस्करी र अन्य अवैध गतिविधिलाई समेत प्रोत्साहन गर्ने खतरा रहेको बताइन्छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले हुण्डी कारोबार नियन्त्रणका लागि विशेष निगरानी, गुप्त सूचना संकलन र संयुक्त अपरेशनलाई तीव्रता दिइएको जनाएको छ । सीमा क्षेत्रमा चेकजाँच कडा पारिनुका साथै संदिग्ध आर्थिक गतिविधिमा संलग्न व्यक्तिहरूको सूची तयार पारेर अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।तर, केवल प्रहरी कारबाही मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधानका लागि बैंकिङ पहुँच विस्तार, जनचेतना अभिवृद्धि र कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्यथा, मधेसमा हुण्डी कारोबारको बिगबिगीले अझ जरा गाड्ने जोखिम कायमै रहने उनीहरूको चेतावनी छ ।

समाचार अभियान January 5, 2026 २०८२, २१ पुष सोमबार १५:५८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?