By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कलैया–भवानीपुर–मलाही सडक मर्मत आजदेखि सुरु, जनदबाबपछि कार्यालय सक्रिय
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

कलैया–भवानीपुर–मलाही सडक मर्मत आजदेखि सुरु, जनदबाबपछि कार्यालय सक्रिय

समाचार अभियान
समाचार अभियान २०८२, १३ मंसिर शुक्रबार १२:२४ पाठक संख्या 536
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, – मंसिर – १२ ।श्रीकान्त गुप्ता-  कलैया–भवानीपुर–मलाही सडक खण्डमा देखिएको जिर्ण अवस्था, धुलो–हिलो तथा खाल्डाखुल्डीका कारण लामो समयदेखि दैनिक यातायात प्रभावित हुँदै आएको थियो । स्थानीय व्यवसायी तथा सर्वसाधारणले हिजो गरेको विरोध प्रदर्शनपछि आजदेखि भौतिक पूर्वाधार विकास कार्यालय, कलैया बाराले मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।

स्थानीय तथा व्यवसायीहरूले सडक सुधारका लागि निरन्तर रुपमा माग गर्दै आन्दोलित भएपछि सम्बन्धित निकायहरू सक्रिय बनेका हुन् । इ–रिक्सा सञ्चालकदेखि व्यवसायी, विद्यार्थी, सर्वसाधारणसम्मले सडक मर्मतका लागि दबाब दिएको थिए आन्दोलित समूहको माग अनुसार हिजोको वार्तापछि आजैदेखि खाल्डाखुल्डी पुरिने, ग्राभेल हाल्ने तथा आवश्यक स्थानमा समग्र संरचना मजबुत बनाउने काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक मर्मत कार्य अगाडि बढाउन पूर्वमाननीय रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य शारदाशंकर साह र बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवालको विशेष पहल र नेतृत्व लिएको स्थानीयहरूले बताए । वहाँहरूले सम्बन्धित कार्यालयमा निरन्तर समन्वय र दबाब दिएपछि तत्काल मर्मत कार्य सुरु गर्ने निर्णय भएको हो ।

अत्यधिक बिग्रिएका कारण यातायातका साधनहरू नियमित सञ्चालनमा समस्या आइरहेको र व्यवसाय तथा दैनिक जीवन प्रभावित भएको भन्दै स्थानीयले हिजो बिहानैदेखि सडक अबरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । करिब छ घण्टासम्म चलेको उक्त आन्दोलनपछि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा आन्दोलनकारीबीच समन्वय बैठक बसेर सहमति जुटाइएको थियो ।

भौतिक पूर्वाधार विकास कार्यालयका अनुसार पहिलो चरणमा सबै गहिरा खाल्डाखुल्डी भरिने, सडक सतह सम्याइने तथा अत्यावश्यक भागमा सुधार कार्य गरिनेछ । यस्तै, आगामी दिनमा दीर्घकालीन सुधारका लागि आवश्यक बजेट व्यवस्था गरी समग्र पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताइएको छ ।

स्थानीयले सडक मर्मत कार्य तत्काल सुरु भएकोमा स्वागत गर्दै गुणस्तरीय कामका लागि निगरानी निरन्तर रहने बताएका छन् । उनीहरूको भनाइमा सडक सुधारले व्यापार, यातायात सेवा र विद्यालय जाने विद्यार्थी समेत राहत पाउनेछन् ।

मर्मत सुरु भएपछि आजै बिहानदेखि केही क्षेत्रमा मेशिनरी तथा श्रमिक परिचालन भइसकेको छ र सडक सुधारको काम द्रुतगति भएको जनाइएको छ ।

समाचार अभियान November 28, 2025 २०८२, १३ मंसिर शुक्रबार १२:२४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?