By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गायीका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक, दर्शकको मनमा स्थान बनाउन सफल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

गायीका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक, दर्शकको मनमा स्थान बनाउन सफल

समाचार अभियान
समाचार अभियान २०८२, २२ कार्तिक शुक्रबार २१:२७ पाठक संख्या 231
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौ कार्तिक २१ ।लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायीका रीता केसीले नयाँ गजल गीत ‘म हरायकी हु त्यो शहरबाट’ सार्वजनिक गरेकी छन्। आधुनिक, लोक तथा गजल विधामा उत्कृष्ट प्रस्तुति दिँदै आएकी केसीको नयाँ गीतले बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गजलका शब्दहरू गजलकार कपिल अन्जानले लेखेका हुन् भने संगीत राजेन्द्र बजगाईले भरेका छन्। विशिष्ट शब्दशैली र भावपूर्ण धुनले गर्दा गीतले छोटो समयमा नै श्रोताको मन खिच्न सफल भएको देखिन्छ।

यसपटकको म्यूजिक भिडियोमा स्वयं गायिका रीता केसीले अभिनय गरेकी छिन्। भावनात्मक कथा र अभिव्यक्तिलाई सशक्त रूपमा प्रस्तुत गर्ने क्रममा उनको अभिनय स्वाभाविक र प्रभावकारी देखिन्छ। गीतको छायांकन राम कुमार केसीले गरेका हुन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

सांगीतिक क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने रीता केसीले निरन्तर अभ्यास, लगन र मेहनतका साथ आफूलाई स्थापित कलाकारको रुपमा पहिचान बनाएकी छिन्। उनका दर्जनौं गीतहरू श्रोताबाट प्रशंसा पाएका छन्। लोकगीत, आधुनिक तथा गजल क्षेत्र सबैमा उत्तिकै प्रभाव जमाउन सफल भएकी उनी आफ्नो जादुमय स्वरका कारण दर्शकलाई मन मुग्ध बनाउन सक्षम मानिन्छिन्।

देश–विदेशमा आयोजना हुने थुप्रै सांगीतिक कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएकी केसीको स्टेज प्रस्तुति हेर्न र प्रत्यक्ष गीत सुन्न दर्शकको उपस्थिति उल्लेखनीय रहने गरेको छ। उनी विदेशमा भएका नेपाली समुदायबीच पनि लोकप्रिय छिन्।

हालै सार्वजानिक भएको उक्त गजल गीत Rita KC को अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको हो। भिडियो सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया, लाइक र सेयर बढ्दै गएको छ।

सांगीतिक क्षेत्रमा अझ सशक्त रूपले अघि बढ्ने लक्ष्य राखेकी केसीले आगामी दिनमा पनि निरन्तर नयाँ सिर्जना दर्शकसमक्ष ल्याइरहने बताएकी छिन्। उनका अनुसार, कला र संगीतप्रति समर्पण तथा श्रोताको माया नै आफूलाई अघि बढाउने मुख्य शक्ति हो।

गजल गीतहरू सुन्न मन पराउने श्रोताका लागि ‘म हरायकी हु त्यो शहरबाट’ एउटा भावनात्मक र सुमधुर प्रस्तुति बनेको छ। गजलमा समेटिएको कथावस्तु, सुन्दर शब्द चयन तथा स्वरलहरीको संयोजनले गीतलाई मन छुने बनाएको छ।

यसरी हेर्दा, रीता केसीको यो नयाँ गजलले उनको सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण सफलता थपेको देखिन्छ।

समाचार अभियान November 7, 2025 २०८२, २२ कार्तिक शुक्रबार २१:२७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?