By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बाराको क्षेत्र नं २ मा गुणस्तरहीन कालोपत्र सडक १५ दिनमै उप्किन थाल्यो स्थानीय आक्रोशित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

बाराको क्षेत्र नं २ मा गुणस्तरहीन कालोपत्र सडक १५ दिनमै उप्किन थाल्यो स्थानीय आक्रोशित

समाचार अभियान
समाचार अभियान २०८२, २६ जेष्ठ आईतवार ०९:०५ पाठक संख्या 97
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – जेठ २५। आर्थिक वर्षको अन्त्यसँगै देशभरि असारे विकासको लहर चलेको छ। संघीय, प्रदेश, स्थानीय तह र वडास्तरमा बजेट सक्न हतार–हतारमा विकासका नाममा सडक, नाला, भवन निर्माण जस्ता काम तीव्र रुपमा भइरहेको छ। यस्तै हतारको विकासले बाराको महागढीमाई नगरपालिका–६ मा निर्माण गरिएको कालोपत्रे सडकको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

पत्रहट्टीदेखि बर्वा–पर्सा जोड्ने झण्डै १ किलोमिटर सडकमा हालै गरिएको कालोपत्रे केही दिनमै उप्किन थालेको छ। स्थानीयले अलकत्रासहितको कालोपत्रे सडक १५ दिन नपुग्दै उप्किएको भन्दै निर्माण कार्यप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले निर्माण कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेको र काममा लापरवाही गरेको आरोप लगाएका छन्।

स्थानीय बसीन्दाका अनुसार सडकमा पाथरमात्र राखेर त्यसमाथि पातलो कालोपत्रे गरिएको छ। रोलर समेत नचलाई काम गरिएकाले सडक खोलिन थालेको उनको आरोप छ। “सडकमा अलकत्रा त छैन नै, भित्रबाट ढुंगा निस्किन थालेको छ,” यादवले भने।

उक्त सडक भागवती श्री राधेमाई निर्माण सेवा, वीरगंजले निर्माण गरेको हो। कम्पनीले २०८१ मंसिर २५ गते सम्झौता गरी २०८१ चैत ३१ गतेभित्र काम सम्पन्न गर्ने शर्तमा ठेक्का लिएको थियो। १ किलोमिटर कालोपत्रेका लागि ६२ लाख २५ हजार ७१० रुपैयाँ २ पैसा ठेक्का गरिएको थियो। आयोजनाको नाम पत्रहट्टीस्थित नन्द सहनीको घरदेखि हुलाकी राजमार्गसम्मको सडक सुधार राखिएको छ।

निर्माण सेवाका प्रोपराइटर नन्दराज सर्राफले भने आरोप अस्वीकार गरेका छन्। “सडकमा गाडी चलाएर हेर्नुस्, फुट्दैन,” उनले दाबी गरे। “यदि गुणस्तरमा शंका छ भने इन्जिनियरसँग ल्याब परीक्षण गराउन तयार छु।” उनका अनुसार सब-बेस र बेस गरी १५–१५ सेन्टी र प्रिमिस ३ सेन्टी राखेर काम गरिएको हो।

तर निर्माण कार्यको प्राविधिक परीक्षण अझै बाँकी रहेको जानकारी प्राप्त भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना, वीरगंजका इन्जिनियर मुकेश यादवका अनुसार अहिले कोर कटिङ्ग गरेर गुणस्तर परीक्षण गरिने प्रक्रिया बाँकी छ। “गुणस्तर मापनका लागि कोर काट्नुपर्ने हुन्छ,” उनले भने, “शंकास्पद स्थानमा स्थानीयको रोहबरमा परीक्षण गरिनेछ।”

सडकको अवस्था र जनगुनासोलाई ध्यानमा राख्दै स्थानीयले यथाशिघ्र गुणस्तर परीक्षण गरी दोषी ठेकेदारलाई कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार यदि यस्तै गुणस्तरहीन विकास भइरहने हो भने सरकारी बजेट र स्रोतसाधनको दुरुपयोग मात्र हुने होइन, जनताको ज्यान र सम्पत्तिसमेत जोखिममा पर्नेछ।

समाचार अभियान June 8, 2025 २०८२, २६ जेष्ठ आईतवार ०९:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?