बीरगंज, चैत्र १६– मस्तिष्कघात (स्ट्रोक) को उपचार तथा नवीनतम विधिहरूको आदानप्रदान गर्न वरिष्ठ न्यूरोलोजिष्टहरूको टोली शनिबार बीरगंजमा भेला भएको छ।
नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंज, नेपाल स्ट्रोक एसोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा मस्तिष्कघात मास्टर क्लास सञ्चालनमा रहेको छ ।
नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालका अनुसार मस्तिष्कघातका कारण विरामीहरू समयमै उचित उपचार नपाउँदा गम्भीर समस्या झेल्न बाध्य हुने अवस्था न्यूनीकरण गर्न मास्टर क्लासको आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, ग्राण्डी इन्टरनेशनल अस्पतालका इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सुभाष फुयाल, नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विभागीय प्रमुख डा. बाबुराम पोख्रेल, नेशनल मेडिकल कलेजका न्यूरोसर्जन डा. सफ्रोज अन्सारी, नेपाल मेडिसिटी बयोधा अस्पतालका न्यूरोलोजिष्ट डा. बिधान ज्ञवाली, रेडियोलोजिष्ट डा. प्रदीप कुमार शाह लगायतका विशेषज्ञहरूले मास्टर कलासमा प्रशिक्षकको रुपमा सहभागिता रहेका थिए ।
मास्टर क्लासमा पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट चिकित्सक, नर्स तथा पारामेडिक्सहरू सहभागी रहेको थियो कार्यक्रम चैत १६ गते सम्म चल्ने छ ।
नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजमा हाल मस्तिष्कघातको उपचार प्रविधिसहित उपलब्ध छ भने मधेश प्रदेशकै एक मात्र पूर्णकालीन न्यूरोलोजिष्टका रूपमा डा. बिधान ज्ञवाली कार्यरत छन्।
