By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर संघर्ष समितिद्धारा धर्ना
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर संघर्ष समितिद्धारा धर्ना

समाचार अभियान
समाचार अभियान २०८१, १३ असार बुधबार २०:२० पाठक संख्या 190
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट – १२ – रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीड़ितहरु आन्दोलन गरिरहेको छ । आम दलित मोर्चाले नेतृत्व गरेको आन्दोलनकारीहरु रौतहटको गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिईरहेको छ ।

मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडी बढीरहेको छ । संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना जारी राखेपछि सरोकारवाला बीच आज बार्ता समेत भईरहेको छ ।

जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भईरहेको छ । मधेस प्रदेशका सांसद समेत रहेका जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमत छन् । पटेल सहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।

‘यस अघिको मधेस सरकारले जनताको आवाज नसुनेको र गरिब दलितको निर्माण भईसकेको घरको भुक्तानी गरेन् । कतिपय घर निर्माण भईरहेकै अवस्थामा अधुरो छोड्यो । हामीले निर्माण भईसकेका घरहरुको भुक्तानी हुनुपर्ने र अधुरो छोडिएका घरको निर्माण यथासिघ्र सुरु गर्नुपर्ने माग गरेका छौं’ साहले भने ।

रौतहटको बगही, पतौरा, मौलापुर, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै कतिपय ठाउँमा अधुरो अवस्थामै घर निर्माणको काम छोडिएकाले त्यसलाई पुरा गर्नुपर्ने संघर्ष समितिका संयोजक दासले जनाएका छन् ।

यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग समितिले गरेको छ । तर सम्बन्धित निकाले चासो नदिएपछि आन्दोलनका कार्यक्रम अगाडी बढाईएको हो ।

समाचार अभियान June 26, 2024 २०८१, १३ असार बुधबार २०:२०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?