By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

समाचार अभियान
समाचार अभियान २०८३, ८ बैशाख मंगलवार १३:३९ पाठक संख्या 69
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा वैशाख —८। सीमावर्ती क्षेत्रमा भन्सार कडाइसँगै सर्वसाधारणमाथि हुने व्यवहारप्रति जनआक्रोश बढ्दै गएको छ। विशेषगरी दैनिक उपभोगका सामान ल्याउने गरिब तथा निमुखा नागरिकहरू भन्सारमा अनावश्यक झन्झट र दुर्व्यवहार भोग्न बाध्य भएको गुनासो गर्दै आएका छन्।

यसै सन्दर्भमा एक वृद्ध आमाले आफूले “गरिबको पार्टी” ठानेर विश्वासका साथ भोट दिएको तर अहिले दैनिक जीवन झन् कष्टकर बनेको भन्दै गहिरो पछुतो व्यक्त गरेकी छिन्। उनका अनुसार चुनावका बेला जनताको पक्षमा काम गर्ने आशा गरिएको भए पनि व्यवहारमा भने उल्टै दुःख थपिएको छ। “हामीले भरोसा गर्‍यौं, तर अहिले त झन् बाँच्नै गाह्रो भयो,” उनले आक्रोश पोखिन्।

स्थानीयका अनुसार भारतको बैरगनिया, रक्सौल, छडादानो र मधेसको अन्य जिल्लाको नाका लगायतका बजारबाट घरायसी प्रयोजनका लागि सानो–तिनो सामान किनेर ल्याउँदा समेत भन्सारमा खटिएका प्रहरी तथा कर्मचारीले कडाइ गर्ने, अशोभनीय शब्द प्रयोग गर्ने र कहिलेकाहीँ सामानसमेत जफत गरेर भन्सार बुझाउने गरेका छन्। यसले गर्दा दैनिक गुजारा चलाउनै कठिन भएको उनीहरूको भनाइ छ।

सीमावर्ती क्षेत्रका बासिन्दाले सामान्य उपभोगका वस्तु ल्याउँदा पनि अपराधीसरह व्यवहार सहनुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। “सानो सामान ल्याउँदा पनि हप्काउने, गाली गर्ने र दुःख दिने काम भइरहेको छ,” एक स्थानीयले भने, “यसरी त जनतालाई सहजता होइन, झन् पीडा थपिएको छ।”

भन्सार क्षेत्रमा बढ्दो कडाइ र व्यवहारगत समस्याले जनतामा निराशा र आक्रोश दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। स्थानीयहरूका अनुसार यस्तो अवस्थाले सरकारप्रतिको विश्वास कमजोर बनाउँदै लगेको छ। उनीहरूले राज्यले राजस्व संकलनको नाममा सर्वसाधारणलाई दुःख दिने होइन, सहज र सम्मानजनक वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन्।

यस विषयमा सम्बन्धित निकायले आवश्यक सुधार नगरे जनअसन्तुष्टि थप चर्किने संकेत देखिएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई लक्षित गरी व्यवहार सुधार र नीतिगत सहजता आवश्यक रहेको स्थानीयहरूको जोड छ।नाकामा जनतालाई सास्ती र तस्करलाई छुट पाएको छ ।समेत गुनासो गरेका छन।

समाचार अभियान April 21, 2026 २०८३, ८ बैशाख मंगलवार १३:३९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?