By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

समाचार अभियान
समाचार अभियान २०८३, ७ बैशाख सोमबार ०९:५८ पाठक संख्या 94
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

बारा, वैशाख ७। देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र संकलन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्याङ्क संकलन कार्य देशभरि सुरु भएको छ । यही अभियानअन्तर्गत बारा जिल्लामा पनि २०८२ वैशाख २ गतेदेखि गणना प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरिएको यो अभियानले देशको आर्थिक संरचना, रोजगारीको अवस्था तथा उत्पादन र सेवा प्रवाहको वास्तविक तथ्याङ्क संकलन गर्ने लक्ष्य राखेको छ । उनका अनुसार स्थलगत गणना २०८३ वैशाख २ गतेदेखि २०८३ असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

यस गणनालाई प्रभावकारी बनाउन जिल्ला तथा पालिका स्तरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिनुका साथै २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्मका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । प्राप्त तथ्याङ्कको विश्लेषण गरी आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

कार्यालयका अनुसार आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था र उत्पादनसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ । यस्ता तथ्याङ्कले नीति निर्माण, लगानी प्रवर्द्धन तथा दीर्घकालीन आर्थिक योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक संरचना बुझ्न, रोजगारीको यथार्थ अवस्था पहिचान गर्न तथा भावी आर्थिक नीति निर्माणलाई तथ्यमा आधारित बनाउन यस्तो गणना आवश्यक रहेको जनाएको छ । कार्यालयले सबै व्यवसायी तथा सरोकारवालालाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।
महत्वपूर्ण पक्षका रूपमा गणनामा संकलित व्यक्तिगत तथा व्यावसायिक विवरणहरू तथ्याङ्क ऐन, २०७९ बमोजिम पूर्ण रूपमा गोप्य राखिने स्पष्ट पारिएको छ । यस्ता विवरणहरू केवल सांख्यिकीय विश्लेषण र योजना निर्माणका लागि मात्र प्रयोग गरिनेछन् र कुनै पनि व्यक्तिको पहिचान खुल्ने गरी सार्वजनिक गरिने छैन ।
हाल अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार २१ क्षेत्रमध्ये १८ क्षेत्र समेटेर गणना भइरहेको छ । यसमा उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताल लगायत आर्थिक क्रियाकलापमा संलग्न एकाइहरू समावेश गरिएका छन् । तर कूटनीतिक नियोग, सुरक्षा निकाय तथा सामान्य घरायसी गतिविधिलाई भने गणनामा समेटिएको छैन ।
बारा जिल्लामा गणना कार्य सम्पन्न गर्न ७५ जना तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ, जसमा ६६ जना गणक र ९ जना सुपरिवेक्षक रहेका छन् । उनीहरू प्रतिष्ठान तथा व्यवसाय स्थलमै पुगेर तथ्याङ्क संकलनमा खटिएका छन् ।

यसपटक गणनालाई डिजिटलमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत पनि विवरण भर्न सकिने व्यवस्था मिलाइएको छ । “ई–सेन्सस प्लेटफर्म” तथा डिजिटल नक्सा प्रणाली प्रयोग गरी गणना कार्यलाई थप व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ । साथै, टोल फ्री नम्बर ११७८ मार्फत गुनासो तथा सुझाव पनि लिन सकिने व्यवस्था गरिएको छ ।

यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाअनुसार बारा जिल्लामा १२ हजार ४ सय ४९ प्रतिष्ठान रहेकोमा तीमध्ये करिब ४ हजार ७ सय ३६ मात्र दर्ता भएका थिए । त्यतिबेला जिल्लामा ४८ हजारभन्दा बढी जनशक्ति आर्थिक गतिविधिमा संलग्न रहेको तथ्याङ्कले देखाएको थियो ।

यसपटकको आर्थिक गणनाबाट प्राप्त हुने अद्यावधिक तथ्याङ्कले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमानलाई थप सुदृढ बनाउने, नीति निर्माणलाई प्रभावकारी बनाउने तथा आर्थिक विकासको स्पष्ट मार्गचित्र तय गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

समाचार अभियान April 20, 2026 २०८३, ७ बैशाख सोमबार ०९:५८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?