By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भारतबाट ९० हजार टन गहुँ आयात गर्न आवेदन खुला, न्यूनतम १ करोड चुक्ता पूँजी अनिवार्य
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाजहेडलाईन

भारतबाट ९० हजार टन गहुँ आयात गर्न आवेदन खुला, न्यूनतम १ करोड चुक्ता पूँजी अनिवार्य

समाचार अभियान
समाचार अभियान २०८१, १४ माघ सोमबार १८:१२ पाठक संख्या 238
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा माघ १४ । श्रीकान्त गुप्ता – सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म तथा कम्पनीहरूका लागि आवेदन खुला गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

विभागका अनुसार कुनै पनि कम्पनीले न्यूनतम १ सय टनदेखि अधिकतम १० हजार टनसम्म गहुँ आयात गर्न पाउने व्यवस्था गरिएको छ। आयात अनुमति पाउनका लागि कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्नेछ भने शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने अनिवार्य शर्त राखिएको छ।

आवेदनको छनोट प्रक्रिया राजस्व योगदान, खाद्यान्न आयात अनुभव, र कम्पनीको क्षमताका आधारमा हुने जनाइएको छ। कोटा प्राप्त भएपछि ३ महिनाभित्र आयात प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ।

गहुँ आयात गर्दा गुणस्तर मापदण्ड पालना गर्नुपर्नेछ भने आयातित गहुँको मौज्दात, मूल्य, र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा पेस गर्नुपर्नेछ। विभागले अनुगमनलाई कडाइका साथ लागू गर्ने जनाएको छ।

यदि अनुमति प्राप्त कम्पनीहरूले गहुँ आयात गर्न नसक्ने अवस्था आएमा, उनीहरूले १५ दिनभित्र विभागलाई जानकारी गराउनुपर्नेछ। विभागले कोटा वितरण प्रक्रिया पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरेको छ।

 

समाचार अभियान January 27, 2025 २०८१, १४ माघ सोमबार १८:१२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन
चेकजाँचको नाममा दुव्र्यवहार कदापि स्वीकार्य छैन
लेख / विचार
बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026
समाचारसमाजहेडलाईन

सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?