By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

समाचार अभियान
समाचार अभियान २०८३, ९ बैशाख बुधबार ०७:३९ पाठक संख्या 98
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं ।बैशाख ०९ । सरकारले आगामी साउन १ गतेदेखि देशभरका २९२ महानगर, उपमहानगर र नगरपालिकाबाट नापी तथा मालपोत सम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ । नागरिकलाई सहज, छरितो र नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले संघीय सरकारले यो व्यवस्था लागू गर्न लागेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टको नेतृत्वमा गठित ९ सदस्यीय अध्ययन समितिले यससम्बन्धी कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । समितिलाई वैशाख ७ गतेसम्म प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएकोमा डेटा विश्लेषणसहित वैशाख ९ गतेसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको जनाइएको छ। सो प्रतिवेदनमाथि मन्त्रालयको सिनियर म्यानेजमेन्ट टिममा छलफल गरी वैशाख १५ गते भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिनेछ।

सरकारको योजनाअनुसार अब जग्गा कित्ताकाट, अंशबण्डा, रोक्का तथा फुकुवा जस्ता अधिकांश सेवा नगरपालिकाबाटै उपलब्ध हुनेछन्। तर मोही बाडफाँट र नयाँ दर्तासम्बन्धी काम भने हाललाई जिल्लास्तरबाटै सञ्चालन हुने बताइएको छ, किनकि ती सेवा स्थानीय तहमा हस्तान्तरण गर्न कानुनी जटिलता रहेको छ।

मन्त्रालयले नापी र मालपोतसम्बन्धी एकीकृत कानुन निर्माणको तयारीसमेत थालेको छ, जसले संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नेछ। साथै, पालिकास्तरमै सेवा सञ्चालन गर्न स्थानीय कर्मचारीलाई तालिम दिने र आवश्यक परे मन्त्रालयबाट जनशक्ति उपलब्ध गराउने योजना छ।
हाल देशभर भूमिसुधार तथा मालपोत कार्यालय ११०, नापी कार्यालय १३१ तथा विशेष नापी कार्यालय ७ वटा सञ्चालनमा छन्। नयाँ व्यवस्था लागू भएसँगै यी कार्यालयहरू केही समयसम्म यथावत रहनेछन्।

डिजिटल प्रणालीको एकीकरणका लागि पनि काम अघि बढाइएको छ। नापीतर्फको ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ र मालपोततर्फको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ बीच समन्वय गर्न ‘एपीआई’ निर्माण भइरहेको छ।

सरकारको भनाइ अनुसार, नगरपालिकाबाट सेवा सुरु भएपछि नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै, स्थानीय तहबाट सेवा प्रवाह हुँदा राजस्व वृद्धि, सेवा गुणस्तर सुधार र जग्गा विवाद न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

समाचार अभियान April 22, 2026 २०८३, ९ बैशाख बुधबार ०७:३९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन
चेकजाँचको नाममा दुव्र्यवहार कदापि स्वीकार्य छैन
लेख / विचार
बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026
समाचार

पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?