By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह

समाचार अभियान
समाचार अभियान २०८३, ८ बैशाख मंगलवार २२:५८ पाठक संख्या 83
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर बैशाख ८ । सीमानाकामा हुने तस्करी गतिविधिमा प्रहरीको संलग्नता रहेको आशंका बढ्दै जाँदा मोबाइलसंवादहरू क्रमशःसार्वजनिक हुन थालेका छन्। पछिल्लो घटनाक्रमले मधेश प्रदेश प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

सप्तरीमा प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई फोनमार्फत गालीगलौज र धम्की दिएको अडियो सार्वजनिक भएपछि विवाद चर्किएको थियो। त्यसलगत्तै धनुषामा तस्कर र प्रहरीबीच आर्थिक लेनदेन मिलाउने विषयमा भएको अर्को संवाद बाहिरिएपछि प्रकरण थप जटिल बनेको छ।

सप्तरी घटनाको छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाएर आवश्यक कारबाही सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

यता धनुषामा भने प्रहरीभित्रै आर्थिक लेनदेनको विषयमा विवाद सतहमा आएको छ। डीआईजी गोविन्द थपलियाको नाम जोडिएको अडियो बाहिरिएपछि तस्करीसँग सम्बन्धित रकम असुली र बाँडफाँटबारे नयाँ तथ्यहरू खुल्न थालेका छन्। उक्त संवादमा तस्कर राजीव महासेठले आफू र अन्य व्यापारीबाट उठाइएको रकम डीआईजीले तोकेका प्रहरीमार्फत बुझाइएको दाबी गरेको सुनिन्छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ। उनलाई प्रारम्भिक रूपमा दोषी ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। तर राणाले भने आफूलाई फसाउन खोजिएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्।

यस प्रकरणमा अन्य प्रहरी कर्मचारीहरूको समेत नाम जोडिएको छ। विशेषगरी सई जयलाल यादव र गोपाल थापा मगरमाथि तस्करीसँग सम्बन्धित असुलीमा संलग्न भएको आरोप लागिरहेको छ। स्रोतका अनुसार तस्कर महासेठमार्फत दैनिक ठूलो मात्रामा अवैध सामान ओसारपसार हुने गरेको बताइएको छ।

उता सप्तरीमा सार्वजनिक अडियोमा एसपी केसीले स्थानीयलाई धम्की दिएको आरोप लागेको छ। स्थानीय सञ्चारकर्मी प्रह्लाद सिंहसँगको संवादमा उनले अपशब्द प्रयोग गरेको सुनिएपछि चौतर्फी आलोचना भइरहेको छ। पीडित पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

यद्यपि एसपी केसीले भने आफूले गालीगलौज नगरेको दाबी गरेका छन्। समग्र घटनाले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

समाचार अभियान April 21, 2026 २०८३, ८ बैशाख मंगलवार २२:५८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
चेकजाँचको नाममा दुव्र्यवहार कदापि स्वीकार्य छैन
लेख / विचार
बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?