By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : आगलागी घटनामा ३८ जनाको मृत्यु करोडौंको क्षति
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

आगलागी घटनामा ३८ जनाको मृत्यु करोडौंको क्षति

समाचार अभियान
समाचार अभियान २०८१, २९ श्रावण मंगलवार १८:५२ पाठक संख्या 251
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सत्येन्द्र प्रताप सिंह
साउन २९ रौतहट -आगलागीको घटनामा ३८ को मृत्यु, एक बेपत्ता, करोडौंको क्षति भएको छ ।
रौतहट स्थित बिपदको घटनामा परी १ बर्षमा ३८ जना मानिसको मृत्यु १ बेपत्ता ५० बढी घाईते हुनुका साथै करोडौको क्षती भएको हो।

गत आर्थिक बर्ष २०८०/०८१ मा बिपद जन्य घटनामा परेर ३८ जनाको ज्यान गुमाएका छन ।
पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाईते भएका थिए।आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाईते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड, ४१ लाख, १२ हजार, २३२ रुपैयाँ बराबरको क्षती भएको प्रहरीको तथ्याडकमा उल्लेख गरिएको छ।त्यसैगरी अबिरल बर्षा सगै १४ वटा बिभिन्न नदी खोलामा आएको बाहीमा परी २ जनाको मृत्यु १ बेपत्ता, ३३ घरमा प्रभाव पर्दा१० लाख २५ हजार बराबरको क्षती भएको थियो। गत आर्थिक बर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाईते भएका थिए सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाईते भएको तथ्याकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्‌याङको घटनामा २ जनाको मृत्यु १ घाईते र सर्प दश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक बर्षमा कुल ३२५ वटा भएको बिपद जन्य घटनाबाट १२ करोड ५७ लाख ८९ हजार, ७३२ बराबरको क्षती, २ हजार ७२ परिवार प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ती परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।गत आर्थीक बर्षमा जिल्ला बिपद व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतक लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप बितरण गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

समाचार अभियान August 13, 2024 २०८१, २९ श्रावण मंगलवार १८:५२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?