By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कांग्रेस र एमाले बिच भाग बन्डा मिल्यो कसको जिम्मा कुन मान्त्रालय
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

कांग्रेस र एमाले बिच भाग बन्डा मिल्यो कसको जिम्मा कुन मान्त्रालय

समाचार अभियान
समाचार अभियान २०८१, ३१ असार आईतवार १६:२९ पाठक संख्या 297
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौ – असार – ३० – काङ्ग्रेस र एमालेका शीर्ष नेताहरू बीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको छ। एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको हो।

जस अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ।

त्यस्तै, कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्।

कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दलमा आन्तरिक गृहकार्य चलिरहेको छ।

एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ।

गृहमा भने प्रमुख सचेतक समेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन्।

संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन्।

लगत्तै, सोमबार बिहान ११ बजे शपथग्रहण हुने बताइएको छ।

ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

एमालेको भागमा परेका मन्त्रालय:
अर्थ मन्त्रालय
भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमिसुधार मन्त्रालय

कांग्रेसको भागमा परेका मन्त्रालयः
गृह मन्त्रालय
रक्षा मन्त्रालय
परराष्ट्र मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
वन तथा वातावरण मन्त्रालय

 

समाचार अभियान July 14, 2024 २०८१, ३१ असार आईतवार १६:२९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?