एसपी सिंह
कार्तिक १९ रौतहट
सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोमबार दिउँसो २ बजे सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका इन्स्पेक्टर चेतन कुमार खड्काको कमाण्डमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका ९ ब्रहमपुरी गाउँस्थित संञ्जीव सिंहले संञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित गोली बरामद गरीएको हो ।सशस्त्र प्रहरी रौतहटका शप्रउ विक्रम हुमागाईंले अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको जानकारी दिए। हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह पक्राउ परेको हुमागाईंले जानकारी गराएका हुन् ।
घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको खबर सशस्त्र प्रहरी प्रमुख हुमागाईंले बताए ।
