एस पी सिंह
भदौ ३ रौतहट – जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियाका निर्वाचित वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषणको आरोप लगाएकी छिन् ।
बिबाहको प्रलोभन दिएर बिगत ५ बर्ष देखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीड़ित महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन । आइतवार संचारकर्मीहरु संग कुरा गर्दै महतोले कोरोना भाइरसको प्रकोप आउनु भन्दा २ महीना अघि देखि आफु संग प्रेम सम्बन्ध राखेको उल्लेख गरीन।
जग्गा बिक्रीको शिलशिलामा गएको बेला अरुबाट मेरो मोबाईल नम्बर लिएर फोन गरेर रिलेशनशिपमा बस्न तथा बिबाह गर्न प्रस्ताव गरेको भन्दै पीड़ित महिलाले २ वर्ष सम्म बीरगंजमा राखेको बताइन् ।
गेनालाल महतोको श्रीमती रहेकि पीड़ित महिलाले लोग्ने संग सम्वन्ध बिगारेर बिबाह गरी घरमा राख्न समेत वड़ा अध्यक्ष साहले इन्कार गरिदिएकोले बाटोमा आएको दुखेसो गरीन
दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका साहले बिबाह गरेर आफ्नो घरमा राख्न नमानेकोले न्यायको लागि मिडियाको सहारा लिएको पीड़ितले बताइन् ।उनले वड़ा अध्यक्ष साहले गरेको यौन सम्पर्कको कारण गर्भमा भएको ३ वटा बच्चा गर्भपतन गराइएको दावी गरिन ।बीरगंजमा राखेर घर खर्च समेत दिँदै आएका वड़ा अध्यक्ष साहले अहिले घरमा राख्न तथा खर्च दिन समेत छाडेको उनले बताइन्। न्यायको लागि इलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिदा दबाबमा गाउँका आश महमद समेतका व्यक्तिले मिलापत्र गराएको र सो बमोजिम पनि वड़ा अध्यक्ष साहले कार्य नगरेको भनाई उनको रहेको छ। मेरो लोग्नेले पनि छोड़ी दियो र बिबाह गरेका वड़ा अध्यक्ष साहले पद र पवारको दम्भमा बेवास्ता गरेको उनले भने अब न्यायको लागि बाध्य भएर मिडियाको सहारा लिएको छू मिडियाले न्याय दिलाउन मदत गर्छ भने विस्वास रहेको छु।
शारीरिक शोशन, मानसिक यातना , शारीरिक यातना दिने गरेको वड़ा अध्यक्ष साह माथि क़ानूनी कार्यवाही गर्नु को साटो प्रहरीले राजनितिक दवावमा मिलापत्र गरेको पीड़ितले बताइन् । वड़ा अध्यक्ष साहले ७ लाखको चेक दिएपनि सो चेक मेरो नाउँमा नरहेको त्यों चेक कार्यपालिका सदस्य आश महमद ले नै राखेको बताइ। आफ्नो हक़ अधिकार र न्यायको लागि आवाज उठाऊदा ज्यान मार्ने धमकी दिने गरेको सुनाए । न्याय नपाए ज्यान दिने समेत पीड़ित महिलाले बताइन्।
सार्वजानिक पद धारण गरेका वड़ा अध्यक्ष साहको रबैया देखेर गाउँका स्थानीयले नकारात्मक टिपण्णी गर्ने गरेका छन।
वड़ा अध्यक्ष साह राजनितिक विषय लिएर केहि विपक्षीले मलाई बदनाम गराउने उदेश्यले झूठो आरोप लगाउन लागेको दावी गरेका छन। झूठो आरोपको दावी गरिरहेका साहको पीड़ित महिला संग गरेको कुराकानीको ऑडियो रेकर्डले पीड़ित महिला संगको प्रेम सम्बन्धलाइ पुस्टि गरिरहेको छ।
