सत्येन्द्र प्रताप सिंह
रौतहट – गौरमा एक बृद्धको चक्कु प्रहारबाट हत्या भएको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका वडा -५ कोईरी टोलका का ७७ बर्षीय अनिरुद्र महतो कोईरीलाई अज्ञात समुहले धानको खेतमा चक्कु प्रहार गरी हत्या गरेको छ ।
झुलेंगेपुलको दक्षिणपट्टी धानको खेतमा भएको घटना स्थलमा पुगेका गौर नगरपालिका नगरप्रमुख शम्भु साह र वडा अध्यक्ष शिबशंकर यादबले घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरे, प्रहरी नायब उपरिक्षक एलिजा गिरी, प्रहरी निरीक्षक उमाशंकर गुप्तासहितको टोलीले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ ।
