बारा-जेठ – महागढीमाई नगरपालिकाको सहयोगमा स्थानीय तथा सहरी बिकाश केन्द्रले कक्षा ८ र ९ को बिद्यार्थीलाई दौड प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ ।
महागढीमाई नगरपालिका वडा नं ५ बगडमपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका र श्री जनता माध्यमिक बिधालय कवहीजब्दी बिधालयका कक्षा ८ र कक्षा ९ को बिद्यार्थीलाई दौड प्रतियोगिता कार्यक्रम गरि आज समपन्न गरिएको छ ।श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका र श्री जनता माध्यमिक बिधालय कवहीजब्दी बिधालयका करिब दुई सय भन्दा बढी बिद्यार्थीलाई दौड प्रतियोगितामा सहभागी गराएर कार्यक्रम सम्पन्न गरिएकोछ ।खेलकुद बिद्यार्थीहरुको स्वास्थको लागि अति आवस्यक बिषय हो खेलबाट आफ्नो स्थान र देशका नाम बिश्वमा चिनाउन सकिने महागढीमाई नगरपालिकाकाको प्रवक्ता एवम वडा नं ५ वडा अध्यक्ष गाजेन्द्र कुमार जयसवालले बताउनुहुन्छ । सोही कुरालाई ध्यानमा राखेर वडाका यूवाहरुलाई खेलप्रति आकर्षण हुनका लागि विभिन्न खेललाई प्राथमितामा राखेर कार्यक्रम गराउन लागेको बताउनु भयो । वडा नं ५ मा टी २० कार्यक्रम संचालन रहेको समाचार अभियानलाई जनकारी गराउनु भएको छ ।
महागढीमाई वडा नं ५ अवस्थित मधुरी जब्दीमा रहेको श्री जनता माध्यमिक बिधालयमा सो बिधालयको अध्यक्ष अंगद पाण्डेले दौड प्रतियोगिता कार्यक्रमको उदघाटन गरिदै नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतले सेना दिवसको अवसरमा दौड प्रतियोगिता गरेको बताउनु भयो त्यस्तै हेटौंडा उपमहानगरपालिका सहयोगमा पहिलो पटक आयोजना गरिएको दौड प्रतियोगितामा काठमाडौको स्थानीय मुकेश पालले निर्धारित पाँच किलोमिटरको दूरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै २०८० को उपाधि जितेक थिए ।नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा दौड प्रतियोगिता यस बर्ष सात हजार खेलाडीलाई खेलमा सहभागी गराएर दौड प्रतियोगिता गराउने लक्ष्य राखेको कुरालाई संदेश दिनु भयो देशको विभिन्न पालिकाले दौड प्रतियोगिता र कृकेट खेलप्रति आकर्षण भएर आफ्नो पालिकाको नाम विश्व सम्म कमाउने लक्ष्य राखेको बिश्वास ब्यक्ति गर्नुको साथै कार्यक्रममा विभिन्न पुरस्कार बितरण भएको बताउनु भयो ।
मधुरी जब्दीमा श्री जनता माध्यमिक बिधालयमा अध्यक्षता अंगद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सो बिधालय प्र.अ बिनोद प्रसाद यादव , शिक्षक मनोज कुमार महतो , प्रदिप कुमार ठाकुर ,अशोक कुमार ठाकुर , आनन्द चौधरी ,अनु भग्रती ,शशिकान्त चौधरी, दिलिप कुमार ठाकुर ,वकिल कुमार यादव ,कमल जन्त चौधरी ,बिजय महतो धानुक , पुनम चौधरी अमृत चौधरी लगाएत अन्य शिक्षक त्यस्तै बगडमपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा कार्यक्रमको अध्यक्षता वडा सदस्य सियाराम यादव अध्यक्षता भएको कार्यक्रममा प्र.अ सरोज कुमार पैसवान , सुनरपती पैसवान , बिनोद कुमार पैसवान , जंगबहादुर प्रसाद , नन्दकिशोर प्रसाद लगाएत अन्य शिक्षक स्थानीय र जनप्रतिनिधिको सहभागी भएको थियो ।













