जनकपुर – जेठ – जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको सरकार आज ढलेको छ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएसंगै मधेस प्रदेश सरकार ढलेको छ ।
जसपा बिगत ६ वर्ष देखि लगातार सत्तामा रहेर अहिले सरकारबाट बाहिरिएको छ।यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए।
मधेश प्रदेश सभाको बुधबार दोस्रोपटक बसेको बैठकमा सरोज कुमार यादवले विश्वासको मत ५० पाए उनको विपक्षमा ५३ मत खसे संगै जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो।आज प्रदेश सभाको बैठकमा एक सय तीन जना प्रदेश सभा सदस्यको उपस्थित रहेको थियो ।




