बारा – जेठ – महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको विशेष पहलमा महागढीमाई नगरपालिकामा आइटी कलेजको स्थापना हुने निर्णय भएकोछ ।
महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव र विश्व विधालयका प्रधानाध्यापक कुलदिप अमर प्रसाद यादव र सहायक प्रधानाध्यापक सत्यनारायण प्रसाद यादवसंग गढीमाई मन्दिर परिषरमा छलफल गरि आइटी कलेज निर्माण गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनु भयो उहाँका अनुसार आगमी शैशिक सत्र देखी श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयकोभवनमा स्नातक तहको पठनपाठन सुरु हुने र पछि गएर आइटी कलेज आफ्नै निजी भवन निर्माण भएपछि निजी भवनमा पठनपाठन हुने नगरप्रमुख यादवले जानकारी गराउनु भएको छ ।आइटी कलेजको स्थापन पछि यस क्षेत्रका युवा ,विद्यार्थीहरूको लागि आशा जनक भविष्यको सङ्केत गर्दछ, उनीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा र सीप विकासको अवसर प्रदान गर्नाले रोजगारीको सिर्जना हुन्छ ।गढिमाई आईटी कलेजमा शैक्षिक यात्रा सुरु भएसँगै यस क्षेत्रका स्थानीय जनताको बौद्धिक र प्राविधिक विकासमा योगदान पुरयाउने र उज्यालो र अधिक सशक्त समुदायको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको नगरप्रमुखले आशा ब्यक्ति गरिएको छ ।
महागढीमाई नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएपछि शिक्षा क्षेत्रको भौतिक संरचनामा व्यापक परिवर्तन आएको छ ।




