By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

समाचार अभियान
समाचार अभियान २०८३, ९ बैशाख बुधबार २०:४४ पाठक संख्या 98
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम — बैशाख ९ ।नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको निर्देशनअनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेशले सरकारले निर्णय गरेको सरकारी विज्ञापन नीतिविरुद्ध विरोध जनाउँदै मधेस प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको छ।

पत्रकार महासंघ मधेश प्रदेशका सचिव हदिश खुद्दार को नेतृत्वमा गएको पत्रकारहरूको टोलीले बुधबार मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेर उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्रमा सरकारले ल्याएको विज्ञापन नीति प्रेस स्वतन्त्रता, समान अवसर र मिडियाको दिगोपनामा प्रतिकूल असर पार्ने उल्लेख गरिएको छ।

महासंघले विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक र मापदण्डमा आधारित हुनुपर्ने माग राखेको छ। हाल लागू गरिएको नीतिले सीमित मिडियालाई मात्र लाभ पुग्ने र साना तथा क्षेत्रीय सञ्चारमाध्यमहरूलाई विस्थापित गर्ने खतरा बढाएको महासंघको ठहर छ। विशेषगरी मधेश प्रदेशका स्थानीय मिडियाहरू सरकारी विज्ञापनबाट वञ्चित हुने अवस्था सिर्जना भएको भन्दै महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले पत्रकारहरूको मागप्रति सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका छन्। उनले विज्ञापन नीतिबारे उठेका प्रश्नहरू सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए।

महासंघका पदाधिकारीहरूले भने वर्तमान नीतिमा संशोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले विज्ञापन वितरणमा भेदभाव अन्त्य गर्न र सबै सञ्चारमाध्यमलाई समान अवसर सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

पत्रकार महासंघले देशभरका शाखाहरूलाई समेत यस विषयमा एकजुट भएर आवाज उठाउन आह्वान गरेको छ। सरकारी नीतिले प्रेस स्वतन्त्रता कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने महासंघको स्पष्ट धारणा रहेको छ।

समाचार अभियान April 22, 2026 २०८३, ९ बैशाख बुधबार २०:४४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन
चेकजाँचको नाममा दुव्र्यवहार कदापि स्वीकार्य छैन
लेख / विचार

संबंधित समाग्री

राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?