बारा -जेठ- जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगतमा पर्ने सर्बजनिक जग्गालाई स्थानीयहरुले बर्षौं देखि अतिक्रम गरि बनाईएको घर टहरालाई बिकासका लागी जीतपुरसिमरा उपमहानगरपालिकाले बल प्रयोग गरेर अतिक्रम घर टहरा हटाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. २ स्थित साविक पिप्रा सिमरा गाविसको नाममा श्रेस्ता कायम रहेको कित्ता नं. ८१६, ८३१ र ८३२ जग्गामा स्थानीयहरुले अस्थायी घरटहरा निर्माण गरी खाजा,नास्ताको होटल संचालन गर्दै आएको यूक्त जग्गाबाट बनाइएको घर टहरालाई जीतपुरसिमरा उपमहानगरपालिकाले हटाइएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले सो घर टहरा हटाउनको लागि पटक पटक सूचना जारी गरेपनि स्थानीयहरुले सो जग्गाबाट घरटहरा हटाउन नमानेपछि घरटहरा आफै हटाउनको लागि अन्तिम पटक सूचना जारी गरि सो को भोली पलट बल प्रयोग गरी घर टहराहरु हटाइएको हो ब्यपारीहरुले बल जबर्जस्ती अतिक्रम गरि बनाइएको घर टहराबाट जितपुर सिमराको मुख्य चौक कुरुप बनेको र सर्बसधारणले आउन जान समस्या भएको देखेर उच्च अदालत वीरगन्जले मुद्दा खारेज गरेको थियो ।जीतपुरसिमरा उपमहा नगरपालिकाले घरटहरा हटाएर बाटो खुलाएको छ ।
आतिक्रम जग्गा हटाएर बाटो खुलाउने र व्यवस्थित सपिङ कम्प्लेक्स बनाउने जीतपुरसिमराको योजना रहेको नगरप्रमुख राजन पौडेलले समाचार अभियान राष्ट्रिय दैनिकलाई बताउनु भयो ।नगर विकास कोषको लगानीमा उपमहानगरपालिकाले वडा कार्यालय सहितको कम्प्लेक्स बनाउने छ । यसभन्दा अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ जीतपुर र वडा नं.१२ फत्तेपुरमा डोजर लगाएर अबैध घर टहरा भत्काएको थियो ।




