By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

समाचार अभियान
समाचार अभियान २०८३, ३ असार बुधबार ०७:५२ पाठक संख्या 7
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा असार ३ — बाराको परवानीपुर–ड्राइपोर्ट सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका–२१ मा सोमबार भएको सवारी दुर्घटनापछि घाइतेहरूलाई निजी अस्पताल लगेर चर्को बिल असुल्न खोजिएको आरोप लागेको छ।

उपचार खर्चको विषयमा विवाद भएपछि अस्पताल प्रशासन र घाइते पक्षबीच अन्ततः २ लाख ८० हजार रुपैयाँको बिल ६५ हजार रुपैयाँमा मिलाइएको छ।
सोमबार दिउँसो करिब १२ बजे परवानीपुर चौकीभन्दा करिब पाँच सय मिटर पश्चिमतर्फ मधेश प्रदेश ०३–५१–००२ स ४३५७ नम्बरको हलुका मालवाहक लोडर अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १० जना सामान्य घाइते भएका थिए। प्रहरी चौकी परवानीपुरका अनुसार सवारी साधनमा क्षमताभन्दा बढी यात्रु सवार हुनु र तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा पोखरिया नगरपालिका–७ का रामजी दास, ४८ वर्षीय लंगटु सहनी, विन्दवासिनी गाउँपालिका–५ का सुरेन्द्र मुखिया, करिमन मुखिया, बिगा सहनी, मोतीलाल मुखिया र दीपक मुखियालगायत घाइते भएका थिए। उनीहरूलाई प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत वीरगञ्ज महानगरपालिका–१४ बहुअरीस्थित स्पर्श मल्टिस्पेसलिटी अस्पताल पुर्‍याइएको थियो।

घाइते तथा आफन्तजनका अनुसार उनीहरूले सरकारी अस्पताल लैजान आग्रह गरे पनि एम्बुलेन्सले सिधै निजी अस्पताल पुर्‍याएको थियो। सामान्य चोटपटक लागेका बिरामीहरूको केही घण्टाको उपचारमै अस्पतालले २ लाख ८० हजार रुपैयाँको बिल बनाएपछि विवाद सुरु भएको हो।

घाइते किशोरी सहनीले सामान्य चोटको उपचारमा २० हजार ९ सय रुपैयाँको बिल थमाइएको बताइन्। प्रेम सहनीले दुई बोतल स्लाइन, दुई सुई र दुईवटा एक्स–रेको मात्रै २३ हजार ९ सय रुपैयाँ बिल आएको गुनासो गरे। सुरेन्द्र मुखियाले सामान्य चोटको उपचारमा २५ हजार रुपैयाँ बिल देखाइएको बताए भने लंगटु सहनीले हातमा सामान्य पट्टी मात्र लगाउँदा पनि ४५ हजार रुपैयाँ मागिएको दाबी गरे। अन्य घाइतेहरूले पनि सामान्य उपचारमा अस्वाभाविक शुल्क लिइएको आरोप लगाएका छन्।

घटनापछि आफन्तजन र स्थानीयले अस्पताल प्रशासनसँग सोधपुछ तथा विरोध जनाएपछि बिल रकम घटाइएको हो। अस्पताल प्रशासनका प्रतिनिधि रूपक पटेलले २ लाख ८० हजार रुपैयाँको बिलमा छुट दिई ६५ हजार रुपैयाँमा सहमति भएको पुष्टि गरे। उनले अस्पतालले कसैलाई नठगेको दाबी गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आन्तरिक सहमतिमा छुट दिने गरिएको बताए।

यता, घाइते पक्षका सञ्जीव मिश्राले दबाबपछि मात्रै अस्पतालले बिल घटाएको आरोप लगाउँदै एम्बुलेन्स र निजी अस्पतालबीचको सम्भावित मिलेमतोबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्।

समाचार अभियान June 17, 2026 २०८३, ३ असार बुधबार ०७:५२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन
महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?