By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा

समाचार अभियान
समाचार अभियान २०८३, ३ असार बुधबार ०७:४८ पाठक संख्या 174
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सर्लाही असार ३। रानी कुमारी गुप्ता। सर्लाहीको ईश्वरपुर नगरपालिका मा हरेक वर्ष विकासका नाममा करोडौं रुपैयाँ बजेट खर्च हुने गरे पनि सडक, नाला तथा पानी निकासको समस्या भने ज्यूँका त्यूँ रहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

नगरपालिकामा १५ वटा वडा रहेका छन्। तीमध्ये अधिकांश वडाका सडकहरू अझै पनि कच्ची अवस्थामा रहेको स्थानीयको आरोप छ। वर्षायाममा सडक हिलाम्मे हुने र हिँडडुल गर्नसमेत कठिन हुने गरेको छ भने सुख्खा मौसममा धुलोका कारण सर्वसाधारणले विभिन्न समस्या झेल्नुपरेको बताएका छन्।

वडा नं ७ स्थानीयवासीका अनुसार नगरप्रमुख मनोज आचार्य र वडा अध्यक्ष नाथु राम चौधरीको चरम लापरवाहीले सडक ढलान, नाला निर्माण तथा व्यवस्थित पानी निकासको अभावका कारण वर्षेनी समस्या दोहोरिने गरेको छ। सडकमा पानी जम्ने, हिलो हुने तथा यातायात सञ्चालनमा कठिनाइ हुने समस्या लामो समयदेखि कायम रहे पनि सम्बन्धित निकायले प्रभावकारी समाधान गर्न नसकेको उनीहरूको भनाइ छ।

नगरपालिकाले हरेक वर्ष संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विकास बजेट खर्च गरे पनि त्यसको प्रत्यक्ष प्रभाव जनताले अनुभूति गर्न नसकेको स्थानीयको आरोप छ। विकास निर्माणका योजनामा ठूलो रकम खर्च भएको देखाइए पनि अधिकांश बस्ती र टोलका सडकको अवस्था अझै दयनीय रहेको उनीहरू बताउँछन्।

चार आर्थिक वर्षअघि निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुग्न लाग्दा पनि आधारभूत पूर्वाधारको अवस्थामा उल्लेखनीय सुधार नदेखिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। नगरप्रमुख मनोज आचार्य सहित जनप्रतिनिधिहरूले विकासका प्रतिबद्धता जनाए पनि अपेक्षाअनुसार काम हुन नसकेको उनीहरूको भनाइ छ।

विशेषगरी ग्रामीण बस्तीहरूमा सडक, ढल तथा पानी निकासको उचित व्यवस्था नहुँदा विद्यार्थी, ज्येष्ठ नागरिक, किसान तथा दैनिक आवतजावत गर्ने नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। वर्षाको समयमा सडक हिलाम्मे हुँदा विद्यालय, स्वास्थ्य संस्था तथा बजारसम्म पुग्नसमेत कठिन हुने गरेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले विकास बजेटको प्रभावकारी उपयोग, पारदर्शी कार्यान्वयन तथा दीर्घकालीन पूर्वाधार निर्माणमा ध्यान दिन नगरपालिकासँग माग गरेका छन्। उनीहरूले नगरभित्रका सडक, नाला तथा पानी निकास व्यवस्थापनलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन्।

यता नगरपालिकाका जनप्रतिनिधिहरूले भने विभिन्न विकास निर्माणका काम भइरहेको र स्रोत–साधन तथा बजेटको सीमितताका बीच चरणबद्ध रूपमा पूर्वाधार विकासलाई अगाडि बढाइएको बताउने गरेका छन्। तर स्थानीयहरू भने विकासको वास्तविक अनुभूति अझै हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।

समाचार अभियान June 17, 2026 २०८३, ३ असार बुधबार ०७:४८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन
महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?