By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न

समाचार अभियान
समाचार अभियान २०८३, ३१ जेष्ठ आईतवार २०:४५ पाठक संख्या 531
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा जेठ ३१ –श्री कान्त गुप्ता । महागढीमाई नगरपालिका वडा नं. २ स्थित बरियारपुर बजारमा आर्थिक वर्षको अन्तिम समयमा सुरु गरिएको निर्माण कार्यका कारण स्थानीय व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। वर्षौंदेखि पानी निकासको समस्याबाट प्रभावित बजार क्षेत्रमा नगरपालिकाले असार महिनाको अन्त्यतिर निर्माण कार्य थालेपछि बजार क्षेत्र अस्तव्यस्त बनेको हो।

स्थानीयका अनुसार महागढीमाई नगरपालिकाका जनप्रतिनिधिहरू निर्वाचित भएको चार आर्थिक वर्ष बित्न लागे पनि र नगरप्रमुखको यो दोस्रो कार्यकाल समेत हो। तर बरियारपुर बजारमा पानी निकासको दीर्घकालीन समस्या समाधान गर्न समयमै पहल नगरी आर्थिक वर्षको अन्तिम महिनामा मात्र निर्माण कार्य सुरु गरिएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।

निर्माण कार्यका कारण बजारका सडकहरू खनिएका छन्। जसले गर्दा दैनिक उपभोग्य सामग्री खरिद गर्न आउने ग्राहकहरूलाई आवतजावतमा कठिनाइ भइरहेको छ। व्यापारीहरूका अनुसार सडक अवरुद्ध र हिलोका कारण ग्राहकको चहलपहल घटेको छ, जसले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको छ।

स्थानीय व्यापारीहरूले भने नगरपालिकाले योजना कार्यान्वयनमा ढिलाइ गर्दा आफूहरू आर्थिक रूपमा मारमा परेको बताएका छन्। “वर्षभरि काम नगर्ने र आर्थिक वर्ष सकिन लाग्दा हतारमा काम सुरु गर्ने प्रवृत्तिले बजार क्षेत्र अस्तव्यस्त बनेको छ ।

महागढीमाई नगरपालिकाको सिभिल इन्जिनियर प्रेम शंकर ठाकुरका अनुसार निर्माण योजनाको लागत करिब दुई करोड नब्बे लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

स्थानीयले भने सार्वजनिक निर्माण कार्य सञ्चालन गर्दा निर्माण कम्पनी वा उपभोक्ता समितिको नाम, योजना लागत, सम्झौता मिति तथा सम्पन्न हुने समयावधि उल्लेख गरिएको सूचना बोर्ड राख्नुपर्ने कानुनी व्यवस्था भए पनि निर्माणस्थलमा कुनै किसिमको सूचना बोर्ड राखिएको छैन ।नगरपालिकाको मिलोमतोमा भइरहेको निर्माणको काम कुनै पारदर्शिता नरहेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले भने, “कति बजेटको योजना हो, कसले निर्माण गरिरहेको छ, कहिले सम्पन्न हुने हो भन्ने कुनै जानकारी छैन। सूचना बोर्ड नै नराखिएकाले काम गुणस्तरीय भइरहेको छ कि छैन भन्ने विषयमा समेत स्थानीयहरु अन्योलमा छन्।” नगरपालिकाको अन्य ठाउँमा बिकास निर्माणमा कुनै किसिमको सूचना बोर्ड राखिएको छैन । कुनै किसिमको पारदर्शिता छैन ।

एक अर्को स्थानीयले भने यति ठूलो बजेटको योजना सञ्चालन भइरहँदा पनि सूचना बोर्ड नराखिनु र योजना सम्बन्धी विवरण सार्वजनिक नगरिनुले नगरपालिकाको पारदर्शिता माथि प्रश्न उठेको छ।

स्थानीयवासीले नगरपालिकासँग निर्माण कार्यलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन माग गरेका छन्। साथै वर्षौंदेखिको पानी निकास समस्या समाधान गर्ने उद्देश्यले सुरु गरिएको योजना प्रभावकारी रूपमा सम्पन्न गर्न तथा सर्वसाधारणलाई कमभन्दा कम सास्ती हुने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराएका छन्।

समाचार अभियान June 14, 2026 २०८३, ३१ जेष्ठ आईतवार २०:४५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?