By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

समाचार अभियान
समाचार अभियान २०८३, ३ असार बुधबार ०७:५० पाठक संख्या 11
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा असार ३ । पत्रकारितालाई थप जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन सञ्चारकर्मीहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मिडिया काउन्सिलले बाराको करण राज पार्टी प्यालेसमा आयोजना गरेको “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” मा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

मिडिया काउन्सिलकी कार्यबाहक अध्यक्ष बन्दना झाको सभापतित्व तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनलले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले सत्य, तथ्य र जनउत्तरदायी समाचार सम्प्रेषणमार्फत समाजलाई सही दिशा दिन सञ्चारमाध्यमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने बताए। पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा विशिष्ट अतिथि तथा प्रशिक्षक धर्मेन्द्र झाले पत्रकार आचारसंहिता, पेशागत नैतिकता, सञ्चारमाध्यमको विश्वसनीयता र जिम्मेवार पत्रकारिताका विविध पक्षबारे सहजीकरण गरेका थिए। उनले पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजप्रति उत्तरदायी पेशा भएकाले तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।

अभिमुखीकरणका क्रममा पत्रकारिताको गुणस्तर अभिवृद्धि, सञ्चारकर्मीको पेशागत जिम्मेवारी, डिजिटल युगमा बढ्दो चुनौती तथा सञ्चारमाध्यमको सामाजिक उत्तरदायित्व लगायत विषयमा सहभागीहरूबीच अन्तरक्रिया र छलफल गरिएको थियो। सहभागीहरूले पत्रकारिताको मूल मूल्य र मान्यतालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सञ्चारकर्मीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको समापनमा सहभागीहरूले पत्रकारिताको मर्यादा, विश्वसनीयता र व्यावसायिकता प्रवर्द्धन गर्न यस्ता अभिमुखीकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनले स्वच्छ पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

समाचार अभियान June 17, 2026 २०८३, ३ असार बुधबार ०७:५०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन
महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?