By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो

समाचार अभियान
समाचार अभियान २०८३, ३१ जेष्ठ आईतवार २३:१७ पाठक संख्या 163
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर, जेठ –३१ । रानी कुमारी गुप्ता । आमसञ्चार प्राधिकरण, मधेश प्रदेश, जनकपुरद्वारा आयोजित कार्यविधि छलफल तथा सम्मान कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले स्वच्छ, निष्पक्ष र जिम्मेवार पत्रकारिताले नै मधेश प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

मन्त्री महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघका वर्तमान तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै सत्य, तथ्य र जनहितमा आधारित समाचार सम्प्रेषणले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए।

उनले पत्रकारहरूले समाजका विकृति, विसंगति तथा विकास निर्माणका सवाललाई जिम्मेवार ढंगले उठाउनुपर्नेमा जोड दिए। “मधेश प्रदेशलाई समृद्ध र विकसित बनाउन सरकार मात्र होइन, सञ्चार क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ,” मन्त्री महतोले भने, “स्वच्छ पत्रकारिताबाट जनतालाई सही सूचना प्रवाह हुन्छ र त्यसले सुशासन तथा विकासलाई बल पुर्‍याउँछ।”

कार्यक्रममा आमसञ्चार प्राधिकरणका पदाधिकारी, सञ्चारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेशमा सञ्चार क्षेत्रको विकास, पत्रकारिताको गुणस्तर अभिवृद्धि तथा आमसञ्चार सम्बन्धी कार्यविधिलाई अझ प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

सम्मानित पत्रकार महासंघका अध्यक्ष तथा पूर्व अध्यक्षहरूले पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रदेश सरकारले देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता विकास तथा सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउन आग्रह समेत गरेका थिए।

कार्यक्रममा आमसञ्चार प्राधिकरणले तयार पारेको कार्यविधिबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कार्यविधिमा रहेका विभिन्न व्यवस्थाका सम्बन्धमा सुझाव दिएका थिए। प्राप्त सुझावलाई समेटेर कार्यविधिलाई थप परिमार्जन तथा प्रभावकारी बनाइने प्राधिकरणले जनाएको छ।

कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमले मधेश प्रदेशमा सञ्चार क्षेत्रको सुदृढीकरण, पत्रकारिताको व्यावसायिक विकास तथा सरकार र सञ्चारकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

समाचार अभियान June 14, 2026 २०८३, ३१ जेष्ठ आईतवार २३:१७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
महागढीमाईमा असारे विकासले बरियारपुर बजार अस्तव्यस्त, नगरपालिकाको पारदर्शिता माथि प्रश्न
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?