By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा मधेस स्तरीय कार्यकर्ता भेला सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा मधेस स्तरीय कार्यकर्ता भेला सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८३, ३० जेष्ठ शनिबार १९:०५ पाठक संख्या 453
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ – ३० । नेपाली कांग्रेसले मधेस प्रदेशमा संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न जनकपुरधाममा मधेस स्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ। मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा सम्पन्न उक्त भेलामा प्रदेशभरका कांग्रेस नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व उपसभापति, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पार्टीभित्र एकता, अनुशासन र सक्रिय कार्यकर्ता परिचालनको आवश्यकता औंल्याउँदै कांग्रेसलाई जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्न सबै तहका नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएका थिए। उनले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा तथा जनताका अपेक्षा पूरा गर्न कांग्रेस अझ जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रम नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको थियो। भेलाका संयोजक आनन्द ढुंगानाले स्वागत मन्तव्य व्यक्त गर्दै मधेस प्रदेशमा पार्टी संगठनलाई थप बलियो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी सहभागी थिए। त्यसैगरी बागमती प्रदेशका पूर्व मन्त्री कुन्दनराज काफ्ले, पूर्व मन्त्री मोहन बस्नेतलगायत वरिष्ठ नेताहरूले पनि सम्बोधन गरेका थिए। वक्ताहरूले पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न कार्यकर्ताहरूलाई सक्रिय र जिम्मेवार बन्न आग्रह गरेका थिए।

भेलामा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टीको वर्तमान अवस्था, संगठन विस्तार, जनसरोकारका विषय तथा आगामी कार्यक्रमबारे आफ्ना धारणा राखेका थिए।

नेताहरूले कांग्रेसलाई गाउँगाउँसम्म थप प्रभावकारी बनाउने, युवालाई पार्टीमा आकर्षित गर्ने तथा जनताका समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले मधेस प्रदेशमा कांग्रेस संगठनलाई थप सुदृढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

जनकपुरधाममा सम्पन्न उक्त भेला नेपाली कांग्रेसको मधेस केन्द्रित संगठनात्मक अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

समाचार अभियान June 13, 2026 २०८३, ३० जेष्ठ शनिबार १९:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?