By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बजेट टुक्र्याएर कार्यकर्ता पोस्ने खेलमा बाराका चार सांसद ? विकासभन्दा राजनीतिक स्वार्थ हाबी भएको आरोप
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बजेट टुक्र्याएर कार्यकर्ता पोस्ने खेलमा बाराका चार सांसद ? विकासभन्दा राजनीतिक स्वार्थ हाबी भएको आरोप

समाचार अभियान
समाचार अभियान २०८३, २९ जेष्ठ शुक्रबार ०७:२४ पाठक संख्या 449
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा जेठ २९। बाराबाट निर्वाचित चारै संघीय सांसदले विकासका ठूला र दीर्घकालीन योजनाभन्दा बजेटलाई साना–साना योजनामा विभाजन गरी कार्यकर्ता पोस्ने काममा केन्द्रित भएको आरोप स्थानीयवासीले लगाएका छन्। बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का सांसद चन्दन सिंह, क्षेत्र नम्बर ३ का सांसद अर्बिन्द साह र क्षेत्र नम्बर ४ का सांसद रहब अन्सारीमाथि संघीय सरकारबाट प्राप्त बजेटलाई प्रभावकारी विकासका योजनामा प्रयोग नगरी राजनीतिक लाभका लागि टुक्र्याइएको आरोप उठेको हो।

स्थानीयका अनुसार जनताले परिवर्तन, सुशासन र विकासको अपेक्षासहित भारी मत दिएर संसदमा पठाएका प्रतिनिधिहरूले पुरानै राजनीतिक संस्कारलाई निरन्तरता दिएका छन्। विकासको स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोच प्रस्तुत गर्नुको सट्टा साना–साना सडक, नाला तथा सीमित प्रभावका योजनामा बजेट छरेर कार्यकर्ता तथा समर्थकलाई खुसी पार्ने प्रयास भएको आरोप छ।

स्थानीय बुद्धिजीवीहरूका अनुसार बारामा कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा रोजगारीका क्षेत्रमा ठूलो लगानी आवश्यक भए पनि सांसदहरूले त्यसतर्फ पर्याप्त ध्यान दिएका देखिँदैनन्। जिल्लामा प्राविधिक शिक्षाको विस्तार, आधुनिक कृषि प्रणाली, मलखाद उत्पादन तथा वितरणका लागि सरकारी उद्योग स्थापना, कृषि उत्पादनको बजार व्यवस्थापन, औद्योगिक विकास तथा जिल्लाको पहिचान झल्काउने पूर्वाधार निर्माणजस्ता महत्वाकांक्षी योजनामा बजेट केन्द्रित हुनुपर्ने क्षेत्रका जनताहरुको भनाइ छ।

“जनताले नयाँ सोच र नयाँ नेतृत्वको अपेक्षा गरेका थिए। तर बजेट विनियोजनको शैली हेर्दा पुरानै दलका नेताहरूले अपनाउँदै आएको कार्यकर्ता केन्द्रित अभ्यास दोहोरिएको देखिन्छ,” एक स्थानीय अगुवाले बताए।
संघीय बजेटमा ठूला र प्रभावकारी योजनालाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेका बेला बारामा भने बजेट छरिएर गएको भन्दै आलोचना भइरहेको छ।

स्थानीयवासीले विकासको दीर्घकालीन आधार तयार गर्ने योजना अघि नबढाइए जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव नहुने चेतावनी दिएका छन्।

यद्यपि सांसदहरूले भने आफ्नो क्षेत्रका आवश्यकता र जनचाहनाअनुसार नै योजना छनोट गरिएको दाबी गर्दै आएका छन्। तर बजेटको प्रभावकारिता र विकासमा त्यसको वास्तविक योगदानबारे स्थानीय तहमा प्रश्न उठ्न थालेको छ।

बारावासीले अब विकासको नाममा बजेट बाँडफाँट गर्ने परम्परागत शैली अन्त्य गरी जिल्लाको भविष्य बदल्ने ठूला र परिणाममुखी योजनामा लगानी गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

विकासको सपना देखाएर निर्वाचित भएका सांसदहरूले अब आफ्नो कार्यशैलीमार्फत जनताको विश्वास जोगाउन सक्ने वा नसक्ने भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुने देखिएको छ।

समाचार अभियान June 12, 2026 २०८३, २९ जेष्ठ शुक्रबार ०७:२४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?