By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : संघीय सरकारबाट मधेश प्रदेशलाई ३० अर्ब ४१ करोडभन्दा बढी रकम प्राप्त हुने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

संघीय सरकारबाट मधेश प्रदेशलाई ३० अर्ब ४१ करोडभन्दा बढी रकम प्राप्त हुने

समाचार अभियान
समाचार अभियान २०८३, २६ जेष्ठ मंगलवार ०८:१५ पाठक संख्या 288
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ २६ । रानी कुमारी गुप्ता ।आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले संघीय सरकारबाट अनुदान तथा राजस्व बाँडफाँटमार्फत ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने भएको छ।

संघीय सरकारले सार्वजनिक गरेको बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार उक्त रकम विभिन्न शीर्षकका अनुदान र राजस्व बाँडफाँटमार्फत प्रदेश सरकारलाई उपलब्ध गराइने भएको हो।

अर्थ मन्त्रालयका अनुसार मधेश प्रदेशले वित्तीय समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी राजस्व बाँडफाँट शीर्षकमा १२ अर्ब ८३ करोड रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ। संघीय सरकारले प्रदेशको विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सशर्त अनुदान अन्तर्गत ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

त्यसैगरी विभिन्न विकास आयोजना तथा कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान अन्तर्गत ७० करोड रुपैयाँ र समपूरक अनुदान शीर्षकमा ९४ करोड रुपैयाँ उपलब्ध गराइनेछ। यी सबै शीर्षकबाट प्राप्त हुने रकम जोड्दा मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने निश्चित भएको हो।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ले संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटको रकमलाई आधार बनाएर प्रदेशको आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। उनले प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई समेत समेटेर सन्तुलित र विकासमुखी बजेट ल्याइने बताए।

प्रदेश सरकारले प्राप्त गर्ने यी स्रोतहरू प्रदेशको समग्र विकासमा महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। विशेषगरी सडक, पुल, भवनलगायतका भौतिक पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि उत्पादन वृद्धि, खानेपानी तथा सरसफाइका कार्यक्रम विस्तार, रोजगार सिर्जना तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उक्त रकम खर्च गरिने जनाइएको छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणले मधेश प्रदेशको विकास योजनालाई गति दिन सहयोग पुग्ने विश्वास गरिएको छ। प्रदेश सरकारले उपलब्ध स्रोतको प्रभावकारी परिचालन गर्दै जनतामुखी कार्यक्रम सञ्चालन गर्न सके आर्थिक तथा सामाजिक विकासका लक्ष्य हासिल गर्न थप सहज हुने सरोकारवालाहरूको भनाइ छ। आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विकास निर्माण, सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

समाचार अभियान June 9, 2026 २०८३, २६ जेष्ठ मंगलवार ०८:१५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?