By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जनकपुरधाममा ट्राफिक व्यवस्थापन भद्रगोल : सडक पेटीमै जथाभावी पार्किङ, ट्राफिक प्रहरी मौन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

जनकपुरधाममा ट्राफिक व्यवस्थापन भद्रगोल : सडक पेटीमै जथाभावी पार्किङ, ट्राफिक प्रहरी मौन

समाचार अभियान
समाचार अभियान २०८३, २६ जेष्ठ मंगलवार ०७:२३ पाठक संख्या 172
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ २६ रानी कुमारी गुप्ता । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ। मुख्य सडक तथा बजार क्षेत्रका सडक पेटीहरूमा जथाभावी सवारीसाधन पार्किङ गरिनुका साथै पैदलयात्रीका लागि निर्माण गरिएका फुटपाथसमेत अतिक्रमणमा परेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

जनक चौक, शिव चौक, रामानन्द चौक, भानु चौक, कदम चौक लगायतका व्यस्त बजार क्षेत्रमा मोटरसाइकल, ई–रिक्सा, अटो र चारपाङ्ग्रे सवारीसाधनहरू सडक पेटीमै पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ। यसले पैदलयात्रीलाई सडकमै हिँड्न बाध्य बनाएको छ भने दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयवासीको गुनासो छ।

स्थानीय व्यवसायी तथा नागरिकका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि प्रभावकारी निगरानी र कारबाही हुन नसक्दा ट्राफिक व्यवस्थापन पूर्ण रूपमा भद्रगोल बनेको हो। बजार क्षेत्रमा दिनभर सडक किनार र फुटपाथमा सवारीसाधन थन्क्याइए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनीहरूको भनाइ छ।

विशेष गरी कार्यालय समय र बिहान–साँझको व्यस्त समयमा सडक पेटीमा पार्किङ गरिएका सवारीसाधनका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ। कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग पार्किङका लागि प्रयोग हुँदा ट्राफिक जामको समस्या समेत बढेको देखिन्छ।

नागरिकहरूले ट्राफिक प्रहरीको उपस्थितिका बाबजुद नियमविपरीत पार्किङ गर्नेहरूमाथि आवश्यक कारबाही नभएको आरोप लगाएका छन्। “सडक पेटी पैदलयात्रीका लागि बनाइएको हो, तर अहिले पार्किङ स्थल जस्तै बनेको छ। ट्राफिक प्रहरी देखिन्छन् तर व्यवस्थापन प्रभावकारी छैन,” एक स्थानीयले बताए।
यता ट्राफिक व्यवस्थापनमा देखिएको कमजोरीका कारण जनकपुरधामको सौन्दर्यसमेत प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ। धार्मिक तथा पर्यटकीय सहरका रूपमा परिचित जनकपुरधाममा व्यवस्थित पार्किङ स्थलको अभाव र नियम कार्यान्वयनमा कमजोरी हुँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको तर्क छ।

स्थानीयवासीले ट्राफिक प्रहरीले नियमित अनुगमन, अवैध पार्किङमाथि कडाइ तथा नगरपालिकाले व्यवस्थित पार्किङ क्षेत्रको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। अन्यथा ट्राफिक अव्यवस्था, दुर्घटनाको जोखिम र सर्वसाधारणको सास्ती अझ बढ्दै जाने उनीहरूको चेतावनी छ। जनकपुरधाममा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

समाचार अभियान June 9, 2026 २०८३, २६ जेष्ठ मंगलवार ०७:२३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी
अर्थ समाचार राजनीति समाज हेडलाईन
व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग
अर्थ समाचार समाचार समाज हेडलाईन
दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल
राजनीति समाचार समाज हेडलाईन
करोडौं बजेट खर्च हुँदा पनि ईश्वरपुरका सडक बेहाल, स्थानीय दिनहुँ सास्तीमा
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
लोकप्रियताको लाभ आर्थिक रूपान्तरणमा लगाउनुपर्छ : गगन थापा
राजनीति समाचार समाज हेडलाईन
स्वच्छ पत्रकारिताले मधेसको विकास सम्भव : गृहमन्त्री फकिरा महतो
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाजहेडलाईन

व्यक्तिगत रिसीबीका कारण किसानको १० कठ्ठाको झिगुनी बाली नष्ट लाखौंको क्षति न्याय पाएन भने आत्मा हत्या गर्ने चेतावनी

June 17, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

व्यवसायीलाई थुन्ने संस्कृतिको अन्त्य गर्न चेम्बर अध्यक्ष अग्रवालको माग

June 17, 2026

दुर्घटनापछि निजी अस्पतालमा चर्को बिलको आरोप, २ लाख ८० हजारबाट ६५ हजारमा मिलापत्र

June 17, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

स्वच्छ पत्रकारिताका लागि आचारसंहिताको पालना अपरिहार्य : पूर्व मुख्यमन्त्री सोनल

June 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?