By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने

समाचार अभियान
समाचार अभियान २०८३, १३ जेष्ठ बुधबार २१:४४ पाठक संख्या 201
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम ।जेठ १३। रानी कुमारी गुप्ता । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक गर्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो मितिमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्ण ले १५ जेठ दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, आर्थिक वृद्धि तथा प्रदेशको समग्र विकासलाई मुख्य प्राथमिकतामा राखिएको सरकारले जनाएको छ ।

नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह का अनुसार प्रदेशको जीडीपी वृद्धि, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रमहरू समावेश गरिनेछ । उनले बहुवर्षीय तथा गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै विगतदेखि अधुरा रहेका योजनाहरू सम्पन्न गर्ने दिशामा सरकार केन्द्रित रहने बताए ।

त्यसैगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखिएको जनाइएको छ । नमुना विद्यालयहरूमा आवासीय सुविधाको व्यवस्था गर्ने, गुणस्तरीय शिक्षा प्रवाह गर्ने तथा नागरिकलाई सहज, सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजनालाई नीति तथा कार्यक्रममा समेटिने तयारी गरिएको छ ।

प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममार्फत विकास निर्माणका कामलाई प्रभावकारी बनाउने, रोजगारीका अवसर वृद्धि गर्ने तथा जनतामुखी कार्यक्रम अघि सार्ने अपेक्षा गरिएको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले मधेश प्रदेशको आर्थिक तथा सामाजिक विकासमा नयाँ दिशा दिने विश्वास गरिएको छ ।

समाचार अभियान May 27, 2026 २०८३, १३ जेष्ठ बुधबार २१:४४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?