By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौँमा विधान महाधिवेशन हुँदै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौँमा विधान महाधिवेशन हुँदै

समाचार अभियान
समाचार अभियान २०८३, १३ जेष्ठ बुधबार १४:५१ पाठक संख्या 395
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौँ । जेठ १३ ।लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसको अवसरमा युनियनका जिल्ला तथा शाखा समितिहरूले विविध कार्यक्रम सञ्चालन गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।

युनियनका अध्यक्ष शिव लम्सालका अनुसार महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको छ। महाधिवेशनको उद्घाटन नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको युनियनले जनाएको छ।
युनियनका उपाध्यक्ष जीवन भण्डारीका अनुसार विधान महाधिवेशनका लागि देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। महाधिवेशनमार्फत युनियनको विधान परिमार्जन तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।

वि.सं. २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण गर्ने उद्देश्यसहित ट्रेड युनियन आन्दोलनको जगमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। स्थापना कालमा पूर्वमन्त्री तथा पत्रकार जेपी गुप्ता संयोजक रहेको तदर्थ समिति गठन गरिएको थियो।

नेपाल प्रेस युनियनले स्थापना कालदेखि नै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता तथा श्रमजीवी पत्रकारहरूको अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। महासचिव दिलीप पौडेलले युनियनले मिडियामैत्री नीति निर्माण तथा पत्रकारहरूको पेशागत सुरक्षाका लागि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताएका छन ।

समाचार अभियान May 27, 2026 २०८३, १३ जेष्ठ बुधबार १४:५१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?