By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : १५ बुँदे सहमतिपछि मधेश सरकार विस्तारको बाटो खुल्यो, चुनावसम्म गठबन्धन कायम रहने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

१५ बुँदे सहमतिपछि मधेश सरकार विस्तारको बाटो खुल्यो, चुनावसम्म गठबन्धन कायम रहने

समाचार अभियान
समाचार अभियान २०८३, १३ जेष्ठ बुधबार १०:२८ पाठक संख्या 84
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, जेठ —१३ ।रानी कुमारी गुप्ता । मधेश प्रदेश सरकार विस्तारमा देखिएको तीन दिन लामो अन्योल अन्ततः अन्त्य भएको छ । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे सहमति भएपछि रोकिएको सरकार विस्तार प्रक्रिया पुनः अघि बढेको हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेसँगै तीन दलले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । सहमतिपछि प्रदेश सरकारलाई स्थायित्व दिने र सुशासन केन्द्रित कामलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाइएको छ ।

तीन दलबीच भएको सहमतिअनुसार आगामी आर्थिक वर्षदेखि मन्त्रिपरिषद् ९ सदस्यीय बनाइनेछ । हालको भन्दा सानो आकारको मन्त्रिपरिषद् गठन गरी प्रशासनिक खर्च कटौती गर्ने र सरकारलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । मन्त्रालय बाँडफाँटमा मुख्यमन्त्री पद साझा रहने, कांग्रेस र एमालेले तीन–तीन तथा नेकपाले दुई मन्त्रालय पाउने समझदारी बनेको छ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा एक करोड रुपैयाँभन्दा कमका योजना समावेश नगर्ने निर्णय गरिएको छ । साना तथा प्रभावहीन योजनाको सट्टा ठूला र परिणाममुखी विकास योजनालाई प्राथमिकता दिने सहमति दलहरूबीच भएको हो ।
सहमतिपत्रमा विकास निर्माणका योजनाहरू खुला र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सञ्चालन गरिने उल्लेख गरिएको छ । आर्थिक वर्षको सुरुवातसँगै योजनाहरू कार्यान्वयनमा लैजाने तथा परियोजना बैंकमा समावेश भएका योजनालाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ । अधुरा योजनाहरू सम्पन्न गर्न छुट्टै शीर्षकमा बजेट व्यवस्थापन गर्ने सहमति समेत भएको छ ।

प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीको संयोजकत्वमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरू रहने कार्यदल गठन गरिने भएको छ । उक्त कार्यदलले सरकार सञ्चालन, नीति समन्वय तथा विकास कार्यक्रमको अनुगमन गर्ने जनाइएको छ ।

कर्मचारी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सहमति पनि भएको छ । साथै प्रदेश कानुनहरूको संशोधन, पुनरावलोकन तथा नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राख्ने समझदारी बनेको छ ।

तीन दलले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघीय र स्थानीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्री वा मन्त्रीलाई पदमुक्त गर्न सकिने प्रावधान पनि सहमतिपत्रमा समावेश गरिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को कानुनी समयसीमा नाघेका उपभोक्ता समिति गठनसम्बन्धी पत्रहरू रद्द गरिने उल्लेख गरिएको छ ।

यसअघि गत बिहीबार तीन दलबीच ९ बुँदे समझदारी बनेको भए पनि त्यसमा हस्ताक्षर नभएको विषयलाई लिएर नेकपा असन्तुष्ट बनेको थियो । यही असन्तुष्टिका कारण सरकार विस्तार प्रक्रिया अवरुद्ध बनेको थियो । पछि दलहरूबीच थप छलफल भएपछि सहमतिलाई विस्तार गरी १५ बुँदे बनाइएको हो ।

सहमतिसँगै अब मधेश प्रदेश सरकार विस्तारले गति लिने र सत्ता गठबन्धन थप मजबुत हुने अपेक्षा गरिएको छ ।

समाचार अभियान May 27, 2026 २०८३, १३ जेष्ठ बुधबार १०:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?